HomeFeatured 2सहारा साकोसको दुर्गापुर सेवा केन्द्रद्वारा शैक्षिक तथा खेलकूद सामाग्री वितरण

सहारा साकोसको दुर्गापुर सेवा केन्द्रद्वारा शैक्षिक तथा खेलकूद सामाग्री वितरण

दुर्गापुर । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था दुर्गापुर सेवा केन्द्रले शैक्षिक तथा खेलकूद सामाग्री वितरण गरेको छ । साकोसको सेवा केन्द्र दुर्गापुरले संस्थाको २८ औं स्थापना दिवसको अवसर पारेर सोमवार (आज) झापाको कनकाई नगरपालिका वडा नम्बर २ को सरस्वती माध्यमिक बिद्यालयमा अध्ययनरत ३० जना बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको हो । सेवा केन्द्रले कक्षा १ देखि ८ सम्म अध्ययनरत ३० जना बिद्यार्थीलाई आधा दर्जनका दरले कापी वितरण गरेको छ । सेवा केन्द्रले खेलकूद सामाग्री अन्तरगत फुटवल र भलिवल प्रदान गरेको छ ।
त्यसैगरी ३ जना जेहेन्दार तथा विपन्न बिद्यार्थीलाई प्राविधिक शिक्षा अन्तरगत एक बर्ष निःशुल्क कम्युटर शिक्षा प्रदान गर्ने भएको छ । बिद्यालयका बिद्यार्थी अंकित दाहाल, पुर्णमाया बिक र बिनिता प्रसाईलाई साकोसले एक बर्ष निःशुल्क कम्युटर शिक्षाका लागि सम्झौतामा हस्ताक्षर गरेको छ ।
साकोसका बिर्तामोड अनुगमन कार्यालयका अनुगमन अधिकृत घनश्याम रायको अध्यक्षतामा भएको कार्यक्रममा रायले नै संस्थाको बस्तुस्थितिका बारेमा जानकारी गराएको थिए । रायको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष बलराम राई (प्रताप) को प्रमुख आतिथ्य रहेको थियो । स्वागत दुर्गापुर सेवा केन्द्रकी बरिष्ठ कर्मचारी बिष्णुमाया खड्काले गरेको कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष प्रताप, बिद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारी, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद खनाल, जामुनवारी सिमसार पर्यटकीय क्षेत्रका अध्यक्ष खेमराज सिटौलालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन दुर्गापुर सेवा केन्द्रका प्रमुख पदमप्रसाद सापकोटाले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2सहारा साकोसको दुर्गापुर सेवा केन्द्रद्वारा शैक्षिक तथा खेलकूद सामाग्री वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img