HomeFeatured 2नेपाल उद्यमशील महिला संघको तनाब व्यवस्थापन सम्बन्धी तालिम

नेपाल उद्यमशील महिला संघको तनाब व्यवस्थापन सम्बन्धी तालिम

बिर्तामोड । नेपाल उद्यमशील महिला संघको आयोजनामा तनाव व्यवसथापन सम्बन्धि एकदिने प्रशिक्षण सम्पन्न भएको छ ।
ब्यवसायमा आएको मन्दीका कारण निराश बनेका महिला उद्यमीहरूलाई लक्षित गरि नेपाल उद्यमशील महिला संघले कार्यक्रमको आयोजना गरेको हो ।
तालिममा मोटिभेटर ट्रेनर सूर्यप्रसाद चम्लागाँईले सहजीकरण गरेका थिए ।
संस्थाकी अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यशोदा प्रसाईको सञ्चालन तथा ऐश्वर्या पाण्डेको स्वागत रहेको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, चेम्बर अफ कमर्शका अध्यक्ष ओम बिमली, नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटी, अलैंची व्यवसायी महासंघका पूर्व महासचिव सुवास भट्टराई, एबिसी नेपाल झापा अध्यक्ष कञ्चना सिटौला ढकाल, साना मझौला साकोसकी अध्यक्ष देविका बस्नेत, नेपाल जेसीजकी राष्ट्रिय उपाध्यक्ष स्वस्तिका आचार्य, वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरी, लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2नेपाल उद्यमशील महिला संघको तनाब व्यवस्थापन सम्बन्धी तालिम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img