Homeसमाचारअसिनाको असर: पाँचसय बढीको छानो फेर्नुपर्ने, १८१ परिवारलाई रेडक्रसद्वारा त्रिपाल

असिनाको असर: पाँचसय बढीको छानो फेर्नुपर्ने, १८१ परिवारलाई रेडक्रसद्वारा त्रिपाल

बिर्तामोड । शुक्रबार आएको हावाहुरीसहितको असिना पानीले झापाको कनकाई र बिर्तामोड नगरपालिकाका केही ठाउँमा नराम्ररी क्षति पुर्याएको छ ।
असिना पानीले बिर्तामोड नगरपालिका वडा नं.–२ र ५, कनकाई नगरपालिका १,३,४,५,६,७,८,९,नं वडा, शिवसताक्षीको वडा नं.–१० हल्दिवारीको ५ नं वडामा असिना पानीले क्षति पुर्याएको थियो ।

May be an image of 7 people and people standing


हावाहुरी र पानीसंगै असिनाले घरका टिनमा समेत प्वाल पारेको थियो । असिना पानी प्रभावित क्षेत्रका पाँचसय घरका छानाको टिन असिनाका कारण प्वाल परेका थिए । ती मध्ये टिन खरिद गर्न पनि नसक्ने १ सय ८१ घरलाई नेपाल रेडक्रस सोसाइटी झापा शाखाले त्रिपाल वितरण गरेको छ ।
प्रभावित क्षेत्र बिर्तामोड–२ का ८० घर, कनकाई–८ का ४० र सोही नगर वडा नं.–९ का ६१ परिवारलाई तत्कालका लागि त्रिपाल वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।

May be an image of outdoors


असिनाका कारण टिनको छाना भएका पाँचसय बढी घरको छाना फेर्नपर्ने भएका मध्ये अन्य परिवारले आफैं टिन खरिद गरी लगाएपछि टिन खरिद गर्नै नसक्ने १ सय ८१ जनालाई त्रिपाल वितरण गरिएको हो ।
रेडक्रसले क्षतिग्रस्त क्षेत्रमा स्थानीय पालिकाका प्रतिनिधिसहित सर्वदलीय सहमतिमा पीडितलाई त्रिपाल उपलब्ध गराएको सभापति ढकालले जानकारी दिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअसिनाको असर: पाँचसय बढीको छानो फेर्नुपर्ने, १८१ परिवारलाई रेडक्रसद्वारा त्रिपाल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img