HomeFeatured 2आदिवासी समुदायकी अग्रज नेतृ राजवंशीद्वारा एमाले परित्याग

आदिवासी समुदायकी अग्रज नेतृ राजवंशीद्वारा एमाले परित्याग

भद्रपुर । नेकपा एमाले झापा जिल्लाकी पूर्व सदस्य मिना राजवंशीले पार्टी परित्यागको घोषणा गरेकी छन् । साविक महेशपुर हाल भद्रपुरकी आदिवासी समुदायकी अग्रज नेतृ राजवंशीले पार्टी नेतृत्व स्वेच्छारी र विचार शुन्य गतिमा चलेको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेकी हुन् ।
प्रेस विज्ञप्ति जारी गर्दै राजवंशीले नेकपा एमाले पार्टीको नीति र सिद्धान्त जनताको पक्षमा नरहेको समेत दावी गरेकी छन् । वर्षौंदेखिको लामो कम्युनिष्ट यात्रा अब स्वतन्त्र बाम भएर अगाडि बढ्ने समेत स्पष्ट पारेकी छन् ।
राजवंशीले एमाले तमाम कम्युनिष्ट कार्यकर्ताको रगत पसिनाले निर्माण भए पनि पछिल्लो समय केही व्यक्तिको गुट गिरोह र प्राइभेट कम्पनीमा रूपान्तरण हुँदै जाँदा अग्रज कार्यकर्तामाथि अपमान भइरहेको दुखेसो समेत पोखेकी छन् । उनले झापा क्षेत्र नम्बर ३ राजावादी मण्डलेको पोल्टामा पार्टी नेतृत्वले सुम्पेकै कारण एमालेविहिन हुँदै गएको समेत आरोप लगाएकी छिन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2आदिवासी समुदायकी अग्रज नेतृ राजवंशीद्वारा एमाले परित्याग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img