Homeसमाचारजंगलको `आधा शिर उचालेर´ माथी परिचर्चा

जंगलको `आधा शिर उचालेर´ माथी परिचर्चा

बिर्तामोड । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमममा कवि ज्योति जंगलद्वारा लिखित पुस्तकमाथि चर्चा तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली लेखक संघ झापाका अध्यक्ष कुमार भट्टराईको अध्यक्षता तथा प्राज्ञसभा सदस्य मुनाराज शेर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कवि ज्योति जंगलद्वारा लिखित कविता वाचन तथा पुस्तकको चर्चा गरिएको थियो ।
कवि ज्योति जंगलद्वारा लिखित कविता संग्रह ‘आधा शिर उचालेर’ माथि प्रमुख अतिथि मुनाराज शेर्मा र साहित्यकार कृष्ण बरालले समिक्षात्मक चर्चा गरेका थिए ।
कार्यक्रममा कवि जंगलले आफ्नो कृति आधा शिर उचालेर माथि प्रकाशित ‘आमा’, साँझमा नआउनु मेरो घर’ लगायत चारवटा कविता वाचन गरेकी थिइन । कविता वाचनका क्रममा कवि जंगलले आफ्ना कविताहरुले कसैलाई पनि अन्याय नहोस भन्ने कुराको विद्रोह बोलेको दावी गरिन् ।
कार्यक्रममा साहित्यकार मिलनकुमार ढुङ्गाना, विवश बलिभद्र कोइराला, लीला अनमोल, दयानन्द गोस्वामी लगायतले कविता वाचन गरेका थिए ।
नेपाली लेखक संघका सदस्य दिपीन राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव समीरबाबु कट्टेलले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारजंगलको `आधा शिर उचालेर´ माथी परिचर्चा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img