Homeशिक्षास्ववियु निर्वाचन: अनेरास्ववियु ओलीको गृहनगर र सभामुखको क्षेत्रमा कमजोर

स्ववियु निर्वाचन: अनेरास्ववियु ओलीको गृहनगर र सभामुखको क्षेत्रमा कमजोर

झापा । त्रिभूवन विश्व विद्यालय अन्तरगतका आंगिक तथा सम्बन्धन प्राप्त झापाका क्याम्पसहरुमा चैत ५ गते झापाका ११ वटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघ र अनेरास्ववियुले ५/५ वटामा जित निकालेका छन् । काँग्रेस निकट नेविसंघले दमक बहुमुखी, बिर्तामोडस्थित कनकाई आदर्श क्याम्पस बिर्तामोड, इन्द्र चन्द्र क्याम्पस बिर्तामोड, शनिश्चरे बहुमुखी क्याम्पस र त्रिदेव बहुमुखी क्याम्पसमा नेविसंघले जित निकालेको हो ।
त्यस्तै अनेरास्ववियुले कृषि क्याम्पस गौरीगञ्ज, कनकाई क्याम्पस सुरुङ्ग, सितारमेश बहुमुखी क्याम्पस बुद्धशान्ति र मेची क्याम्पस भद्रपुरमा जितेको छ । नेविसंघ र अनेरास्ववियुले ५/५ वटा क्याम्पसमा जितेका छन् ।
११ वटा क्याम्पसको नतिजा सार्वजनिक हुँदा गरामनी क्याम्पस अनेरास्ववियुका उम्मेद्वार निर्विरोध भएको भन्दै निर्वाचन र क्याम्पस व्यवस्थापन समितिले घोषणा गरेपनि नेविसंघले आफूहरुलाई मनोनयन दर्ता नै गर्न नदिएको गुनासो गर्दै आएको छ । गरामनी क्याम्पसको स्ववियु निर्वाचनको विषयमा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले पनि असन्तुष्टि जनाउँदै प्रतिक्रिया सार्वजनिक गरिसकेका छन् । बाँकी २ क्याम्पस गौरादह बहुमुखी र काँकडभिट्टा बहुमुखीमा क्याम्पसमा भने निर्वाचन हुनै बाँकी छ ।
झापामा महत्वका साथ हेरिएको एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक बहुमुखी क्याम्पसमा नेविसंघले जित निकालेको छ भने एमालेबाट निर्वाचित सभामुख देवराज घिमिरेको क्षेत्रमा पनि तुलनात्मक रुपमा अनेरास्ववियु कमजोर देखिएको छ । ओलीको गृह नगर दमक बहुमुखी क्याम्पसमा नेविसंघका सोविम नेउपाने निर्वाचित भएका छन् ।
सभामुख घिमिरेको निर्वाचन क्षेत्र झापा २ मा शनिश्चरे, कन्काई आदर्श क्याम्पस र इन्द्रचन्द्र क्याम्पस विर्तामोडमा भने अखिलले हारेको छ । यो क्षेत्रमा ५ वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो ।
अनेरास्ववियुबाट साविक मेची अञ्चलको पुरानो र ठूलो क्याम्पस मेची बहुमुखी क्याम्पस भद्रपुरको सभापतिमा सन्देश धमला, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा चेतन आचार्य, बुद्धशान्तिस्थित सीतारमेश बहुमुखी क्याम्पसमा प्रदीप बर्देवा, गौरीगञ्ज बहुमुखी क्याम्पसमा ईस्तव हुसेन र गौरादह कृषि क्याम्पसमा पनि अनेरास्ववियुका विक्रमकुमार तिवारी सभापतिमा विजयी भएका छन् ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले दमक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा सोविम न्यौपाने विजयी हुँदा मेचीनगरको त्रिदेव क्याम्पसमा नेविसंघका अर्जुन गौतम, विर्तामोडको कन्काई आदर्श क्याम्पसमा किरण गुरुङ, इन्द्रचन्द्र क्याम्पस विर्तामोडमा पवन दाहाल र शनिश्चरे बहुमुखी क्याम्पसमा पनि नेविसंघका विशाल थापा सभापतिमा विजयी बने ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
शिक्षास्ववियु निर्वाचन: अनेरास्ववियु ओलीको गृहनगर र सभामुखको क्षेत्रमा कमजोर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img