HomeFeatured 2आङ्बोको हत्या गर्ने योजना छ भन्दै आक्रमण प्रयास

आङ्बोको हत्या गर्ने योजना छ भन्दै आक्रमण प्रयास

ताप्लेजुङ । जिल्लास्तरीय पार्टीको बैठकमा सहभागि हुन ताप्लेजुङ पुगेका नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि हत्या गर्ने योजना छ भन्दै आक्रमणको प्रयास भएको छ ।
ताप्लेजुङ सदरमुकाम भन्दा केही तल आङ्बोको हत्या गर्ने योजना छ भन्दै एक समूहले आक्रमणको प्रयास गरेको हो । आङ्बोलाई प्रहरीले सुरक्षा दिएर बैठकस्थल पुर्याएको बुझिएको छ । आक्रमणकारीले प्रहार गरेको ढुङ्गा लागेर आङ्बो चढेको गाडीको केही भागको सिसा फुटेको बताइएको छ । आङ्बोको हत्या गर्ने लक्ष्यसहित संघर्ष समिति लागिरहेको भन्दै लिम्बूवान कार्यकर्ताहरु मोटरसाईकलमा सवार भएको भिडियो सार्वजनिक भएको छ ।
आक्रमणकारीले असिष्ट शब्द प्रयोग गर्दै गालीगलौज गर्दै सबैतिर ढुकेर आङ्बोको हत्या गर्ने लक्ष्य रहेको बताएका छन् । बाटो ढुकेर बसेका प्रदर्शनकारीले एक्कासी ढुंगा हान्दै नाराबाजी गरेको आङ्बोका स्वकीय सचिव पुजन मगरातीले जानकारी दिए ।
प्रदेशको नाम कोशी राखिएसँगै पहिचानसहितको पुनः नामकरण हुनुपर्ने भन्दै पछिल्लो समय पहिचानवादीहरुले आन्दोलन गर्दै आइरहेका छन् । सोही विषयलाई लिएर आइतबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की चढेको गाडीमा ओखलढुंगामा आक्रमण प्रयास भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2आङ्बोको हत्या गर्ने योजना छ भन्दै आक्रमण प्रयास
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img