Homeसमाचारपाथीभरा जाने बाटोमा पदमार्ग छहारी निर्माण हुँदै

पाथीभरा जाने बाटोमा पदमार्ग छहारी निर्माण हुँदै

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको दर्शनका लागि भक्तजनलाई सहज होस् भन्ने ध्येयले निरन्तर विकास निर्माणका कामहरु अघि बढिरहेका छन् ।
दशक अघिसम्म पानी बोकेर लैजानुपर्र्ने अवस्थाको अन्त्य गर्दै मन्दिर परिषरमै पानी प्राप्त गर्ने वातावरण बनाएको पाथीभरा क्षेत्र विकास समितिले विभिन्न तहका सरकारसंगको साझेदारीमा विकास निर्माणका काम अघि बढाएको हो ।
पाथीभरा क्षेत्रमा यो वर्ष प्रदेश पर्यटन मन्त्रालयको ५० लाख र पाथीभरा क्षेत्र विकास समितिको ४६ लाखको लगानीमा पाथीभरा पदमार्ग छहारी निर्माणाधिन अवस्थामा छ । पाथीभरा जाने बाटामा ३ मिटर चौडाई भएको ३ सय ५० मिटर लामो पैदल मार्गमा फाइवर ट्रस लगाइने गरेको पाथीभरा क्षेत्र विकास समितिका महानिर्देशक मनमणी काफ्लेले जानकारी दिए ।
उनका अनुसार यसअघि ५ सय ५० मिटरको दुरीमा ट्रस बनिसकेको छ । ट्रस बनेसंगै भक्तजनहरुलाई आवागमनका लागि अझ सहज हुने विश्वास लिइएको छ ।
पाथीभरा भक्तजनको सुविधाका खातिर पानीको ट्याङकीको व्यवस्थापन गरिएको छ । पानीको कहिले पनि समस्या नहोस् भन्ने उद्देश्यले लिप्टिङ स्टेशन समेत यसअघि नै निर्माण गरिसकिएको महानिर्देशक काफ्लेले जानकारी दिए ।
मन्दिरमा बलिप्रथा कमी हुँदै जानुका साथै यात्रा सहजताका लागि गरिएका निरन्तरका विकास निर्माणका कामले पर्यटन आवागमन बढ्दो छ ।
देवीका नाममा केही वर्षअघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो । बलि चढाउँदा देवी खुसी हुने र आफूले चिताएको इच्छा, आकांक्षा पूरा हुने विश्वासले ८० प्रतिशतभन्दा बढी भक्तजनले पशुको बलि चढाउने गर्दथे । मन्दिरका पुजारी डिल्ली आचार्यका अनुसार बडादशैं र रामनवमीका बेलामा स्वदेश तथा विदेशबाट आएका भक्तजनले पशुबलि चढाउने गर्दछन् । उक्त समयमा पाँचसयदेखि एक हजारभन्दा बढी पशुको बलि चढाइन्थ्योे ।
तर, अहिले यो चलन बिस्तारै घट्दै गएकाले हिजोआज निकै कम पशुबलि दिने गरिएको उनले बताए । “पहिला चाडबाडका बेला प्रत्येक दिन पाँच सयदेखि एक हजार दुई सयसम्म बलि चढाइन्थ्यो, तर अहिले बढीमा १५–२० वटा मात्र बलि चढाइन्छ । पशु बलिको विकल्पका रुपमा भक्तजनले नरिवल फुटाएर पूजा गर्नाका साथै फलफूल चढाउने, लाखबत्ती बाल्ने चलन बढेको छ”, आचार्यले भने। बलि चढाउँदा पशुका रगतले मन्दिर परिसर रक्ताम्मे हुने गरेकामा पछिल्लो समय सफा र सुन्दर देखिन्छ । रगतका कारण हुने फोहोर र दुर्गन्धमा कमी हुनाका साथै मन्दिर वरपर सफा र सुन्दर देखिन थालेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।
जीव हत्याले भगवती प्रशन्न हुन्नन् भन्ने चेतनाको विकास भएकाले बलिप्रथा हराउँदै गएको स्थानीय राजन शर्माले बताए । धर्मले प्रेम, सद्भाव र पुण्यको सन्देश दिने भन्दै धर्मका नाममा हुने बलिप्रथा पूर्ण रुपमा अन्त्य हुनुपर्ने बताउँदै उनले भने–यो एकै पटक संभव छैन, तर मानिसमा चेतनाको विकास भएसंगै क्रमिक रुपमा पशु बलिदिने क्रममा कमि आएको देख्न सकिन्छ ।’
देवीका नाममा बलि दिने बहानामा पशु बलि चढाउँदा रगतको गन्ध थाहा पाएर मन्दिर परिषरमा जाने कुकुर लगायतका मांसाहारी जनावरका कारण आसपासमा फोहोर हुने गरेको थियो । बलिप्रथा कम हुँदै गएसंगै कुकुरको पुग्ने क्रम कम भएको हुँदै गएको देखिएको झापाबाट पाथीभरा दर्शनका लागि पुगेका गंगा भट्टराईले बताए । लामो समय ताप्लेजुङमै बसेर आएका उनी भन्छन्–‘पहिले देउरालीबाट पानी बोकेर जानु पथ्र्यो । काँचो रुखका लाथ्रा काटेर आगो बाल्नुपर्ने अवस्था थियो । उनले थपे–एउटा÷दुईटा पार्टीले तीर्थालुको चाप खेप्न नसक्दा बस्न पनि कठिन थियो, अहिले त कत्ति सहज भएछ भएछ ।’
मन्दिर वरपर र बाटो क्षेत्रमा जथाभावी फालिएका फोहोर तथा खाना खाएर जताततै फालिने मासुजन्य फोहोरका कारण कुकुर पाथीभरा क्षेत्र जाने गरेका थिए । बलि दिने क्रम घटेसँगै मन्दिर आसपासका क्षेत्र सफा देखिन थालेको उदय भट्टराईले बताए । उनले भने–‘बलिका नाममा निर्मम पशुहत्या घट्नाले पाथीभराको सुन्दरता मात्रै बढेको छैन, स्थानीयस्तरमा पाइने वन्यजन्तुको समेत संरक्षण भएको छ, रगतको गन्धका कारण त्यहाँ पुग्ने गरेका कुकुरहरु जाने क्रम पनि घटेको छ ।’
महाकाली, भद्रकाली, सिद्धकाली, श्वेतकाली र रक्तकाली यी पाँच रूप भएकी देवीलाई पञ्चकन्या भगवती देवीका रूपमा पूजा गरिन्छ । पाथीभरामा बडादशैं तथा नवरात्रको समयमा विशेष पूजाआजासहित बलि चढाउने परम्परा छ । पाथीभरा देवीले भक्तजनले चढाएको बलि स्नेहपूर्वक ग्रहण गर्ने जनविश्वास रहिआएको छ । दर्शनार्थीमा बलि नै चढाउनुपर्छ भन्ने अनिवार्य भने नभएको मन्दिरका मन्दिरका पुजारी डिल्ली आचार्यले बताए । उनले यहाँ पूजा गर्ने कुनै लिखित पद्धति नभए पनि परम्परा नै बसेको आचार्यले जानकारी दिए। पुजारी आचार्यका अनुसार मन्दिरमा पूजा गर्ने दुई पद्धतिमध्ये एउटा भगवतीको पूजासहित चण्डीपाठ र हवन गर्ने शास्त्रीय पद्धति र अर्को बलि दिएर पूजा गर्ने गरिन्छ । पाथीभरा मन्दिरको महत्व, आस्था र विश्वासका कारण यहाँ दैनिक हजारौँ स्वदेशी तथा विदेशी तीर्थयात्री आउने गरेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपाथीभरा जाने बाटोमा पदमार्ग छहारी निर्माण हुँदै
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img