HomeFeatured 2पाउँ पाथीभरा धाममा चैत ८ गतेदेखि श्रीमद्भागवत पुराणको ...

पाउँ पाथीभरा धाममा चैत ८ गतेदेखि श्रीमद्भागवत पुराणको तयारी तीव्र

झापा। झापाको मेचीनगर–१३ चारआलीस्थित पाउ पाथीभरा धाममा चैत ८ गतेदेखि १६ गतेसम्म पुराण आयोजना हुन लागेको श्रीमद्भागवत पुराणको तयारी तीव्र पारिएको छ ।
मन्दिर परिषरमा आयोजित पत्रकार सम्मेलनका बिच पुराणमा पण्डित शान्तिराम नेपालको प्रमुख वाचन र पण्डित पुण्यप्रसाद रिजालको उपवाचकत्व रहने पुराण मूलआयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिए । कार्यक्रममा विभिन्न १४ वटा समिति गठन गरिएको छ ।
पुराणको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्ने पुराण प्रचार–प्रसार समितिका संयोजक यामनाथ बरालले बताए । त्यस्तै झापा क्षेत्र नं. १ का सांसद विश्वप्रकाश शर्मा रहने उनले बताए ।
पुराणमा दानका लागि कसैलाई आग्रहनगरिने स्वेच्छिक दानमात्र संकलन गरिने अध्यक्ष गिरीले बताए । पुराणमा नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत गरी लगभग ४० हजार जनाभन्दा बढी भक्तजन आउने अपेक्षा राखिएको छ । पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रबद्र्धन समिति गठनताका नै धाममा १८ वटा पुराण लगाउने निर्णयानुसार छैठौ पटक भागवत् पुराण आयोजना गर्न लागिएको हो । पुराणको प्रचार–प्रसारसँगै तयारीका काम धमाधम भइरहेको प्रचार समितिका सदस्य खगेन्द्र घिमिरेले बताए ।
पुराण आयोजनाको उद्देश्य :
पुराणको विशुद्ध उद्देश्य धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्नु र पाथीभरा देवीको महिमाको प्रचार गर्नु र त्यसको आधारमा पाउ पाथीभरा धामलाई प्रमुख धार्मिक गन्तव्य बनाई यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गर्ने रहेको छ । धार्मिक आस्थाका देवी पाथीभरा माताको दर्शन गर्न जाने अधिकांश धर्मानुरागी महानुभावहरु पाउ पाथीभरामा दर्शन गरेर मात्र जाने परम्परा, आस्था र विश्वास बृद्धि भएकाले देश विदेशबाट आउनु भएका त्यस्ता महानुभावहरुलाई निःशुल्क रुपमा खाना र बासको व्यवस्था गर्न सकिएमा यसको महत्व अझ बढ्नेछ भन्ने हेतुले पनि यस्ता पुराणको आयोजना गर्ने गरिएको छ ।
पाउ पाथीभराको अवस्थिति :
ताप्लेजुङ, पाँचथर र इलाम जिल्लाको प्रवेशद्वारको रुपमा रहेको झापाको सिमाना पूर्वमा छिमेकी राष्ट्र भारत पश्चिम कोशी अञ्चलको मोरङ जिल्ला उत्तरमा इलाम हुँदै चीनको सिमाना ताप्लेजुङसम्म पुग्ने मेची राजमार्गको उद्गम स्थलको रुपमा रहेको झापाको चारआलीलाई चिनिन्छ ।
बिर्तामोड नगरपालिकादेखि ६ किलोमिटर पूर्व र पूर्व काँकरभिट्टादेखि १२ किलोमिटर पश्चिममा अवस्थित मेची राजमार्गको उद्गम क्षेत्रको रुपमा चिनिएको चारआली मेची राजमार्ग छुट्टिएको कारण पनि यो क्षेत्र महत्वपूर्ण मानिन्छ । मेची राजमार्गको उत्तरदक्षिण क्षेत्र वन सम्पदाले भरिभराउ क्षेत्र हो । अनेकौ प्रजातिका वनस्पतिले यहाँ जीवन जोगाउन पाएका र यसमा अनेक थरीका वन्यजन्तुहरुले निर्वाध रुपमा हिडड्डुल गर्न पाएका छन् ।
झापाको सदरमुकाम चन्द्रगढीबाट १० किमिउत्तर हातेमालो सामुदायिक वन क्षेत्रको उत्तरतर्फ रहेको प्रगति सामुदायिक वनको परिसर भित्रहाल आफ्नै धार्मिक वन क्षेत्रमा मेचीनगर नगरपालिका, अर्जुधारा नगरपालिका र बिर्तामोड नगरपालिकाको संगमस्थलमा यो धाम रहेको छ अवस्थित छ श्री पाउपाथीभरा धाम ।
धार्मिक पुराणका ग्रन्थमा व्याख्या गरे अनुसार कंचनजंघा हिमश्रृङ्गलादेखि आफ्नो यात्रा आरम्भ गरी झापाको यही क्षेत्रमा पाउ राखी अर्को पाउ भारतको कलकत्ता काली देवीको रूपमा स्थापित भएको कुरा पुराणले उल्लेख गरेको छ ।
सोही वर्णनलाई आधार मानी विभिन्न धार्मिक तथाआध्यात्मिक अध्ययताको खोज र अनुसन्धानबाट यो ठाउँलाई नै मूल स्थानको रुपमा स्वीकार गरी मिति २०७१ असोज ६ गते विधिवत रुपमा स्थापना गरिएको हो ।
पत्रकार भेटघाटमा सल्लाकार लोकराज ढकाल, अग्निदेव लुइँटेल, जगन भट्टराई, समितिका सचिवनवराज भट्टराई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन समितिका सल्लाहकार प्रेमराज घिमिरेले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2पाउँ पाथीभरा धाममा चैत ८ गतेदेखि श्रीमद्भागवत पुराणको ...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img