Homeसमाचारसरकारमा आफू सहभागि हुँदिन महामन्त्री थापा

सरकारमा आफू सहभागि हुँदिन महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताएका छन् ।
आइतवार आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफू वर्तमान सरकारमा मन्त्री नबन्ने र बन्न पनि नमिल्ने भन्दै आफू आफ्नो पार्टी सरकारमा जाँदा सरकारलाई सफल बनाउन लाग्ने बताए। उनले आफू सरकार कति दिन टिक्यो भन्ने आधारमा सरकारको सफलताको मापन नगर्ने भन्दै सरकारबाट कति परिणाम निस्कियो भन्ने आधारमा सरकारको काम हेर्ने बताए । सरकारले परिणाम दिन सकेन भने पाँच वर्ष खेर जाने उनको भनाइ छ ।
उनले भने, ‘मैले पाँच वर्षका लागि पाएको जिम्मेवारी भनेको सांसदको जिम्मेवारी हो । मैले यो सबै कामहरू नेपाली कांग्रेसको महामन्त्री भएर गर्ने हो । मैले सांसद भएर प्रधानमन्त्रीकोमा, संसदमा उठाउनुपर्ने कुराहरू उठाउँछु । म न अहिले मन्त्री बन्ने हो, न मैले बन्न मिल्छ, न बन्दैछु । मैले अहिले कांग्रेस सरकारमा गइरहेको बेलामा यो सरकारलाई सफल बनाउने हो ।’
महामन्त्री थापाले राजनीतिक दलहरू खुसी हुँदैमा नागरिक खुसी हुन्छन् भन्ने भ्रम नपाल्न पनि आग्रह गरे । उनले सरकार बन्ने कुरा प्राथमिकतामा नराखी सरकारले नागरिकलाई परिणाम दिन सक्नुपर्ने बताए ।
उनले भने, ‘हामीले एउटा भ्रम राखेका छौँ कि जस्तो लागेको छ । हामी खुसी हुँदा कता कता देश नै खुसी भयो भन्ने भ्रम पो राखेका छौँ कि ! हामी खुसी हुनासाथ देशभरका सबै नागरिक आफैँ खुसी हुन्छन् भन्ने छ । हामीलाई मतदान गरेका पनि अटोमेटिकल्ली खुसी हुन्छन् कि भन्ने पनि मलाई लाग्दैन । हामीले खुसी बनाउन सक्छौँ कि सक्दैनौँ भन्नेसँग जोडिएको छ । किनकि सरकार बन्ने कुरा त पहिला पनि थियो । अहिलेको गठबन्धनको सरकार भन्ने हो भने त चुनावअघि पनि यही थियो ।’
महामन्त्री थापाले सरकारसँग पाँच वर्षमा नागरिकको भरोसा रहन्छ कि रहँदैन भन्ने सोचेर काम गर्नुपर्ने बताए । प्रधानमन्त्री गठबन्धनको नेता नभई सरकारको नेता हुन सक्नुपर्ने उनको भनाई थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसरकारमा आफू सहभागि हुँदिन महामन्त्री थापा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img