भद्रपुर । वि.सं. २०२२ सालमा स्थापित झापाको सदरमुकाम चन्द्रगढीस्थित वीरेन्द्र माध्यमिक विद्यालयले स्थापनाको ५७ औं बार्षिक उत्सव तथा अभिभावक दिवस २०७९ भव्यताका साथ सम्पन्न गरेको छ ।
विद्यालय परिषरमा सोमवार आयोजित कार्यक्रमको उद्घाटन भद्रपुर नगर पालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न दाता सम्मान तथा उत्कृष्ठ छात्राछात्रलाइ छात्राबृत्ति प्रदान गर्दै पुरस्कृत गरिएको हो ।
सो अवसरमा प्रधानअध्यापक खिलाराज कोईरालाले विद्यालयको स्थापनादेखि हाल सम्मका गतिविधिका बारेमा प्रकाश पार्नुका साथै बर्तमान् परिस्थितिमा विद्यालयका चुनौति र भावी कार्यक्रमसहित बार्षिक प्रतिवेदन प्रस्तुत गरे ।
उक्त कार्यक्रममा कक्षा १ देखि १२ सम्म अध्ययनरत विभिन्न विधामा उत्कृष्ठ विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेर पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यालयलाई सहयोग पुर्याउने माछापुछ्रे बैंक र नेपाल टेलिकम चन्द्रगढी लगायत विभिन्न दर्जन बढी दाताहरुलाई सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।
उत्कृष्ट छात्र छात्रालाई धर्मप्रसाद घमचन्द्र स्मृति छात्राबृत्ती, स्व. डिल्लीप्रसाद भट्टराई स्मृति कोष छात्राबृति , स्वं विधानाथ पवित्रादेवी तिम्सिना अक्षयकोष र केशर जमुना स्मृति छात्राबृत्ति पुरस्कारबाट छात्राबृत्ति पुरस्कार वितरण गरिएको प्रअ कोईरालाले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोखरेल, भद्रपुर नगरपलिका उप्रमुख राधा कार्की, शिक्षा समन्वयन ईकाई समिति झापा प्रमुख राजकुमार वि.क., बसन्ती रंजीतकार, राजेन्द्रप्रसाद दाहाल, शिक्षक महासंघ भद्रपुर अध्यक्ष गणेश गिरी, पुर्व प्र अ. टंकनाथ शर्मा पाण्डे , बालक्लब अध्यक्ष प्रशिका खड्का लगायतले मन्तव्य राखेका थिए ।
शिक्षक गिरीधर शर्मा कट्टेलले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य शिक्षिका मन्जु दाहालले गर्नु भएको थियो । कार्यक्रमममा विद्यार्थीहरुबाट लघु नाटक लगाएतका विभिन्न गित तथा नृत्य सहितको भव्य सांस्कृतिक कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।
बीरेन्द्र माविको ५७ औं बार्षिकोत्सव सम्पन्न

































































































