HomeFeatured 2उदयपुरमा आगलागीमा परी २ बालकको जलेर मृत्यु

उदयपुरमा आगलागीमा परी २ बालकको जलेर मृत्यु

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–८ पाखाटोलस्थित एकघरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ ।
शुक्रबार बेलुका सवा ५ बजे स्थानिय रामबहादुर मगरको ढुंगा र माटोले बनेको दुईतले घरमा बिधुत सर्टभई आगलागि हुँदा उनको ६ बर्षीया छोरी जस्मिन मगर र २ बर्षीया छोरा रोजन मगरको जलेर मृत्यु भएको हो । अभिभावक नभएको अवस्थामा घरमा आगलागी हुँदा घर भित्र रहेका दुई जना बालबालिका घरबाट बाहिर निस्कन नसकी जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगलागीबाट घरमा रहेका अन्नपात, लत्ता कपडा, भाडा बर्तन समेत जलेर नष्ट हुँदा लगभग १० लाख मूल्य बराबरको क्षति भएको जनाइएको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2उदयपुरमा आगलागीमा परी २ बालकको जलेर मृत्यु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img