Homeसमाचारमाओवादी केन्द्रको संगठन सुदृढीकरण अभियान शुरु

माओवादी केन्द्रको संगठन सुदृढीकरण अभियान शुरु

भद्रपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र झापा क्षेत्र नं. ३ (क) ले संगठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान शुरु गरेको छ ।
झापाको भद्रपुरमा आज एक कार्यक्रमका बीच पार्टीले औचापरिक रुपमा अभियान शुरु गरेको हो । अभियानको प्रमुख अतिथि पार्टीका कोशी प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ (विजय)ले उद्घाटन गरे ।
जनता नै पार्टीको मूल आधार भएकाले जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । “जनजीविकासँग जोडिएका हरेक कुरालाई प्राथमिकता दिँदै पार्टी गतिविधि अघि बढाउनु पर्छ”, उनले भने “पार्टीले उठाएका मुद्दा र सरकारमा गरेका कामको प्रचार–प्रसार गर्न जरुरी छ ।”
कार्यक्रममा माओवादी केन्द्र झापा क्षेत्र नं. ३ का संयोजक डिल्ली घिमिरे (हिक्मत) ले अभियानकाबारे प्रकाश पारे । उनले पार्टीले उठाएका मुद्दामा मुलुक चलिरहे पनि त्यसको जानकारी आमनागरिकमा नहुँदा अरुले फाइदा उठाइरहेको बताए ।
अभियान उद्घाटन समारोहमा पार्टीका जिल्ला सदस्य पञ्चानन्द राजवंशीले पार्टीले जारी गरेको सर्कुलरका बारेमा जानकारी गराए। कार्यक्रममा पार्टीका प्रदेश सल्लाहकार सदस्य लेखनाथ पौडेल, नरपति चापागाईं, जिल्ला सदस्य बालकृष्ण दंगाल, पार्टीका भद्रपुर नगर सह इञ्चार्ज पुकार राजवंशी सहीद परिवारका विवेक राई, गुरु घिमिरे लगायतको आतिथ्य रहेको थियो ।
पार्टीका भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपाध्यक्ष कुमारीस्वर्गीका सिंहले स्वागत गरेका थिए भने सञ्चालन पार्टीका कचनकवल गाउँपालिका अध्यक्ष किरण सुब्बाले गरेका थिए।
अभियान अन्तरगत झापा क्षेत्र नं. ३ (क) मा रहेका स्थानीय तहहरुको समग्र विकासका लागि गुरुयोजना निर्माण एवम् वडागत विकासका लागि प्रत्येक वडामा जिल्ला सदस्यलाई जिम्मेवारी समेत तोकिएको नगर अध्यक्ष राजभण्डारीले जानकारी दिए।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमाओवादी केन्द्रको संगठन सुदृढीकरण अभियान शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img