Homeसमाचारस्थानीय सरकारले आफ्ना मागलाई बेवास्ता गर्योःअव्यवस्थित भूमीहिन

स्थानीय सरकारले आफ्ना मागलाई बेवास्ता गर्योःअव्यवस्थित भूमीहिन

भद्रपुर। भूमी अधिकार मञ्च झापाका प्रतिनिधिहरुले स्थानीय सरकारले आफुहरुका मागलाई बेवास्ता गरेको भन्दै आन्दोलन गर्ने बताएका छन् ।
झापाका विभिन्न स्थानमा रहेका अव्यवस्थित भूमीहिनहरुलाई सम्बन्धित जग्गा धनीहरुले विना आधार निस्कन दवाव दिंदा पनि स्थानीय सरकार र सरकारका प्रतिनिधिहरुले नसुनेको भन्दै आन्दोलन गर्ने चेतावानी दिएका हुन । बिर्तामोड ८ स्थित देउनियामा आयोजित भूमी अधिकार मञ्च झापाको चौथो जिल्ला सम्मेलनमा सहभागिहरुले सो कुरा बताएका हुन ।
उहाँहरुले पछिल्लो समयमा आफुहरु खोला जंगलको कुना काप्चामा बस्न बाध्य भएको र उक्त स्थानबाट समेत हट्न सम्बन्धित जग्गा धनीहरुले दवाव दिएकोले तत्काल आफुहरुको बसोबासको व्यवस्थापन गरिदिन स्थानीय सरकारसंग माग गरेका हुन् ।
सम्मेलनमा बोल्दै अध्यक्ष अजुर्नकुमार लिम्बुले आफुहरुले अधिकारका लागि पटक पटक आग्रह गर्दा पनि स्थानीय निकायहरुले नसुनेकोले भूमीहिन सुकुम्बासीहरुले अधिकार प्राप्तिका लागि सम्बन्धित वडा कार्यालय र पालिकाहरु घेराउ गर्दै आन्दोलन गर्नुपर्ने बताए ।
लिम्बुले चुनावमा अधिकार प्रदान गर्ने भनेर भोट माग्ने कुनै पनि राजनीतिक दलहरुले आफूहरुको अधिकारका लागि कुनै पहल नगरेको बताए । लिम्बुको अध्यक्षतमा सम्पन्न सम्मेलनमा प्रमुख अतिथि भीमकुमारी मगर, रामकुमार खवास, प्रदेश सदस्य शिव राजबंशी, दिलकुमारी राई लगायतले मन्तव्य राखेका थिए ।
माया बागदासले संचालन गरेका कार्यक्रमको स्वागत ज्ञानबहादुर थापा मगरे गर्नु भएको थियो । सोहि सम्मेलनले आगमी ३ बर्षे कार्यकालका लागि पुनः अर्जुकुमार लिम्बुकै अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति समेत गठन गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारस्थानीय सरकारले आफ्ना मागलाई बेवास्ता गर्योःअव्यवस्थित भूमीहिन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img