Homeसमाचारएमाले उपसचिव श्रेष्ठद्वारा पार्टी परित्याग

एमाले उपसचिव श्रेष्ठद्वारा पार्टी परित्याग

भद्रपुर । नेकपा एमाले जिल्ला कमिटी उपसचिव चन्द्र माया श्रेष्ठले नेकपा एमाले पार्टी परित्याग गरेकी छन् । भद्रपुर नगरपालिकाकोे पूर्व उपमेयर तथा कानून व्यवसायी समेत रहेकी श्रेष्ठले आज एक पत्रकार सम्मेलन गरि एमाले परित्यागको घोषणा गरेकी हुन् ।
३२ बर्षसम्म आफूले पार्टीमा पुर्याएको योगदानलाई नेतृत्व पंक्ती बिर्सेर पार्टीभित्र गुटगत प्रबृत्ति हावी भएको भन्दै गर्दै जिल्ला उपसचिव श्रेष्ठसहित प्रदेश कमिटी सदस्य पदम थापा, लोकतान्त्रिक अपाङ्ग जिल्ला कमिटी झापा सदस्य धु्रव सुवेदी लगायत ६ जनाले चन्द्रगढीमा शुक्रबार पत्रकार सम्मेलनमार्फत पार्टी परित्याग गरेको घोषण गरेका हुन् ।
श्रेष्ठले पार्टीमा नेताहरुले आफुहरुलाई राजा महाराज, शासक बनेर आफ्नो प्रशंसा गर्ने कार्यकर्तालाई मात्र काखी च्याप्ने प्रवृत्ति बढेको उल्लेख बढेको भन्दै टिप्पणी गरेकी छन् ।
एमालेले २०६२/०६३ को जनभावनालाई बिर्षेर राजाबादीहरुसंग मिलेकोे, पार्टीमा जति नै योगदान गरे पनि नेतृत्वको आशिर्वाद नहुन्जेल पार्टीभित्र कार्यकर्ताको निश्पक्ष मुल्याङ्गकन हुन नसकेको उल्लेख गर्दै एमाले भित्र दलाली र चाकडी हाबी भएर इमान्दार कार्यकर्ताले उठाएका कुराको कुनै सुनुवाई नहुने जस्ता पार्टी छोड्नु पर्ने कारणहरु लिखित रुपमा सर्वाजनिक गर्दै आजकै दिनदेखि स्वतन्त्र नागरिकका रुपमा रहने श्रेष्ठले बताइन ।
जिल्लाको पार्टीगत निर्णयमा समेत आफूलाई बेवास्था गरिएको, पार्टीमा दलाल चाकडी प्रथाले प्रोत्साहन पाउने गरेको लगायतका १८ बुँदामा आफूले पार्टी परित्याग गर्नुका कारण उल्लेख गरेकी छन् ।
यसै अवसरमा झापा ३ नं क्षेत्रीय कमिटी सदस्य साज्जाद अलाम, गाउँकमिटी सदस्य हावा लोददिन मिया, मरहिम मिया लगायतले पार्टी परित्याग गरेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारएमाले उपसचिव श्रेष्ठद्वारा पार्टी परित्याग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img