HomeFeatured 2बीरता लेडी जेसीजको उत्कृष्ट नारी सम्मान जीनालाई

बीरता लेडी जेसीजको उत्कृष्ट नारी सम्मान जीनालाई

विर्तामोड। वीरता लेडी जेसीजले यस वर्ष पाइलट जीना लिङ्देनलाई उत्कृष्ट नारी सम्मान प्रदान गरेको छ । वीरता लेडी जेसीजले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट नारी सम्मान कार्यक्रम अन्तर्गत यस वर्ष प्राविधिक विधातर्फ लिङ्देनलाई सम्मान गरिएको जेसीजका अध्यक्ष सङ्गीता गिरीले जानकारी दिइन्।
वीरता लेडी जेसीजका पूर्वअध्यक्षहरुको सक्रियतामा सन् २०२१ देखि नारी दिवसको अवसरमा झापामा रहेर विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान गर्ने एक महिलालाई प्रत्येक वर्ष फरक–फरक विधामा उत्कृष्ट नारी सम्मानद्वारा सम्मानित गदै आएको छ ।
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले नेपालमा महिला सहभागिता गर्ब गर्न लायक रहेको बताइन् । लेडी जेसीजले आयोजना गरेको ‘उत्कृष्ट नारी सम्मान’ कार्यक्रममा उनले ठूला र विकसित भनिएका मुलुकमा भन्दा नेपालमा महिला सहभागिता धेरै रहेको बताइन् ।
‘धेरै विकसित मुलुकमा पाँच, १०, १५ देखि २५ प्रतिशत महिला सहभागिता रहेको बताउँदै नेपालमा संविधानले नै ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ, यसलाई बढाएर ५० प्रतिशत पु¥याउनुपर्छ ।’
महिला अधिकार स्थापित गर्न र समानताका लागि संघर्ष गर्नुपर्ने अवस्था विद्यमान रहेको उनको भनाइ छ । हरेक क्षेत्रमा महिला सहभागिता बढाउन आवश्यक रहेको बताउँदै बेथिति विरुद्ध ‘एक्सन’ मा उत्रिन जरुरी रहेको औँल्याइन् । उनले यौनिक, अपाङगता र भूगोलका आधारमा महिला सहभागिता हुनुपर्नेमा जोड दिइन् ।
‘राजनीतिमा महिला पार्टीको ‘रबर स्टाम्प’ जस्तै भएका छन्’, उनले भने–‘राजनीतिक बेथितिका विरुद्ध लाग्न जरुरी छ ।’ उनले राजनीतिमा पार्टी र पार्टीको आकार अनुसार गरिने व्यवहारको अन्त्य गरिनुपर्नेमा जोड दिइन् ।वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष राधा सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्कृष्ठ प्रतिभाको व्यक्तित्वमाथि जेसीजकी राष्ट्रिय उपाध्यक्ष स्वस्तिका आचार्यले प्रकाश पारेकी थिइन् भने कार्यक्रमको संचालन संगीता चिमरिया र स्वागत सन् २०२३ की अध्यक्ष संगीता गिरीले गरेकी थिइन् । कार्यक्रममा जेसीज आस्था मिरा बजगाँईले गरेकी थिइन् । लीला अनमोलको संयोजकत्वमा गठित ३ सदस्यीय प्रतिभा छनौट समितिले उत्कृष्ठ नारी प्रतिभा छनौट गरेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बीरता लेडी जेसीजको उत्कृष्ट नारी सम्मान जीनालाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img