HomeFeatured 2अराजक र स्वार्थी समूहको पछि नलाग्न सदस्यलाई संघको आह्वान

अराजक र स्वार्थी समूहको पछि नलाग्न सदस्यलाई संघको आह्वान

झापा । नेपालसहित विश्वमा देखिएको आर्थिक संकटकोे फाइदा उठाउँदै केही स्वार्थी समूहले सहकारीमाथि प्रहार गर्दै गएको जिल्ला सहकारी संघले जनाएको छ ।
झापा जिल्ला सहकारी संघले आज विज्ञप्ति जारी गर्दै स्वार्थ समुह,व्यक्तिको प्रभावमा परी विष्यमा कुनै पनि प्रकारको कर्जा सुविधा उपभोग गर्न अयोग्य हुने गरी कालोसूचीमा पर्न सक्ने संभावनालाई हेक्का राख्न र सचेत रहन अपिल पनि गरेको छ ।


केही दिनयता केही व्यक्ति तथा समूहले अभियानका नाममा संघका अध्यक्ष गणेश ढकाल र सचिव भवानीप्रसाद दंगालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ–केही दिनयता केही व्यक्ति तथा समूहले अभियानको नाममा झापासहित देशका विभिन्न ठाउँमा समूह नै बनाई हो–हल्ला गर्ने सार्वजनिक हुल हुज्जत गर्ने देखिएको संघले जनाएको छ । सहकारीका केही ऋणी सदस्यहरुले पनि ऋणतिर्न नपर्ने भन्दै भ्रममा परेर अनैतिक, अराजक समूहको पछि लागेको देखिएकोले सहकारीका सबै ऋणी सदस्य, बचतकर्ता सदस्य, संचालक तथा कर्मचारीहरु सबैलाई अफवाहको पछि नलाग्न झापा जिल्ला सहकारी संघ हार्दिक आवहन गर्दछ । एउटा सदस्यले लिएको ऋण सयौँ सदस्यको बचत हो । ऋण नतिर्ने वानतिर्न उर्दिगर्नेले बचतकर्ता सदस्यको बचत जोखिममानिश्चित छ । त्यसैले बचत कर्ता सदस्य एकजुट भएर सामुहिक रुपमात्यस्तो व्यक्तिवा समुह विरुद्ध लाग्नुपर्ने आवश्यकता समेत देखिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2अराजक र स्वार्थी समूहको पछि नलाग्न सदस्यलाई संघको आह्वान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img