Homeसमाचारसजिलो आरोग्य योग केन्द्रको सेवा प्रारम्भ

सजिलो आरोग्य योग केन्द्रको सेवा प्रारम्भ

बिर्तामोड । योग र थेरापी बिधीबाट उपचार गर्ने उद्देश्यकाले झापाको बिर्तामोडमा स्थापित सजिलो आरोग्य योग केन्द्रको एक कार्यक्रमका बीच समुद्घाटन गरिएको छ । कुनै पनि मेसीन तथा औषधीको प्रयोग नगरी प्राचिन पद्धतिबाट उपचार गर्ने उद्देश्यले स्थापित योग केन्द्रको बिर्तामोड नगरपालिका वडा नं.–६ का वडाध्यक्ष सूर्य कन्दङ्वाले उद्घाटन गरेका हुन् ।
योग केन्द्रका सञ्चालक कल्पना शर्माको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं.–६ का वडाध्यक्ष सूर्य कन्दङ्वाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सञ्चालक दुर्गा पौडेलले स्वागत तथा औचित्यमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा सजिलो आरोग्य योग केन्द्रका सञ्चालक दुर्गा पौडेलले स्वागत तथा औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथि कन्दङ्वा, सुगम शान्ति टोलको टोल विकास संस्थाका अध्यक्ष सुवास भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बिर्तामोड वडा नं.–६ का जनप्रतिनिधिहरु जीवन बास्कोटा, गीता रेग्मी, वडा नं.–५ का वडा सदस्यहरु ओमभक्त सेढाई, मालती विक, स्थानीय आमा समूहकी अध्यक्ष सिता दंगाल, सामाजिक व्यक्तित्व अग्नीदेव लुईँटेल, मोहनविक्रम मल्ल लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा आयोजकका तर्फबाट दुर्गा पौडेलले योग केन्द्रमा प्रस्तुत गरिने थेरापीको डमी प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन रेजिना गौतमले गरेकी थिएन् । केन्द्रले बुधबार बिहीबार निःशुल्क शिविर सञ्चालन गर्ने जनाएको छ

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसजिलो आरोग्य योग केन्द्रको सेवा प्रारम्भ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img