HomeFeatured 2मोती पत्रकारिता पुरस्कार अक्षयकोषमा आचार्यले दिए एक लाख

मोती पत्रकारिता पुरस्कार अक्षयकोषमा आचार्यले दिए एक लाख

बिर्तामोड। नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित मोती पत्रकारिता पुरस्कार अक्षयकोषका लागि पूर्व अध्यक्ष केशव आचार्यले एक लाख रुपैयाँ प्रदान गरेका छन् ।
मंगलबार बिर्तामोडमा एक कार्यक्रमकाबीच आचार्यले उक्त रकमको चेक महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई हस्तान्तरण गरे ।
०५३ सालमा आचार्य महासंघको अध्यक्ष हुँदा स्थापित पुरस्कारको अक्षयकोषमा एक लाख रुपैयाँ मात्र थियो । अक्षयकोषको व्याजले पु्स्कारको राशी नधान्ने भएपछि महासंघको वर्तमान कार्यसमितिले अक्षयकोषको रकम पाँच लाख पु¥याउने निर्णयसहितको प्रस्ताव गत साधारणसभामा पारित गरेको थियो । दाता र महासंघको आन्तरिक श्रोतबाट यसैवर्ष अक्षयकोषको रकम पाँच लाख पुर्याइने अध्यक्ष गिरीले बताए ।
झापाका अग्रज पत्रकारका रुपमा परिचय बनाएका ७० वर्षीय आचार्यले अक्षयकोषको रकम वृद्धि र पुरस्कारको दिगोपनका लागि सहयोग गरेको बताए । हाल जनआन्दोलन साप्ताहिकका प्रधान सम्पादक एवम् साहित्य सेवामा क्रियाशील आचार्यले नेपालका पहिलो पत्रकार मोतीराम भट्टको स्मृतिमा स्थापित पुरस्कारले नेपाली पत्रकारिताको श्रीवृद्धिमा योगदान गर्दैै आएको बताए । उनले महासंघ वर्तमान कार्यसमितिको रचनात्मक कार्यको प्रशंसा समेत गरे ।
महासंघ झापाका अध्यक्ष गिरीले पूर्व अध्यक्ष आचार्यलाई अक्षयकोषमा सहयोगका निम्ति धन्यवाद ज्ञापन गरे । कार्यक्रमको सहजीकरण उपाध्यक्ष केशव भट्टराईले गरेका थिए । उक्त अवसरमा महासंघका सहसचिव अर्जुन राजवंशी, कार्यसमिति सदस्य स्वस्तिका आचार्य, प्रदेश परिषद् सदस्य मनकुमार शर्मा, पत्रकार सन्तोष न्यौपाने लगायतको सहभागिता थियो ।

मोती पत्रकारिता पुरस्कारको राशी अब एक लाख एक हजार
मोती पत्रकारिता पुरस्कारको राशी वृद्धि गरी एक लाख एक हजार एक सय एघार रुपैयाँ पुर्याउने प्रस्ताव गत कात्तिक २५ गते सम्पन्न महासंघको साधारणसभाले पारित गरेको छ ।
उक्त राशीको पुरस्कार महासंघको आगामी अधिवेशनबाट वितरण हुनेछ ।
एक लाख रुपैयाँमात्र अक्षयकोष रहेको सो पुरस्कारको राशी सुरुमा एक हजार रुपैयाँ थियो । ०७० सालबाट ५१ हजार रुपैयाँ राशी पुर्याइएको थियो । महासंघ झापा शाखाले मोती पत्रकारिता पुरस्कारको अक्षयकोष वृद्धिका लागि आवश्यक रकम सहयोग गर्न इच्छुक पूर्वअध्यक्ष, सञ्चारकर्मी तथा दाताहरुलाई आग्रह गरेको छ ।
त्यस्तै महासंघद्धारा स्थापित केटो पत्रकारिता पुरस्कारको राशी वृद्धि गरी रु। २५ हजार पाँच सय ५५ पुर्याउने समेत प्रस्ताव पारित भएको छ । कोष वृद्धिपछि सोही कोषमार्फत वितरण हुने गरी महासंघले तेस्रो पुरस्कार स्थापनाको प्रस्ताव पनि पारित गरेको छ । रु।२५ हजार पाँच सय ५५ राशीको सक्रिय समावेशी पत्रकारिता पुरस्कार स्थापना गर्ने प्रस्ताव पारित भएको हो । आगामी अधिवेशनबाट सो पुरस्कार पनि नियमित वितरण हुनेछ ।
मोती पत्रकारिता पुरस्कार यसरी स्थापना भयो
नेपाली पत्रकारिताको शुरुवातकर्ता मोतीराम भट्टको स्मृतिमा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘मोती पत्रकारिता पुरस्कार’ महासंघको अधिवेशनमा प्रदान गरिँदै आएको छ । महासंघ झापा शाखाका तत्कालीन निवर्तमान सभापति गोविन्दचन्द्र क्षेत्री र तत्कालीन सभापति केशव आचार्यको अगुवाईमा कार्य समितिले स्थापना गरेको उक्त पुरस्कार वितरणका लागि महासंघले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको हो । पुरस्कारको राशी शुरुमा एक हजार रहेकोमा पछि ५१ हजार रुपैयाँ पु¥याइएको छ । मोतीराम भट्टले वि।स। १९४३देखि नेपाली पत्रकारिताको शुरुवात गर्नुभएको हो । उहाँले नेपाली भाषामा पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गर्नुभएको थियो । उक्त पत्रिका भारतको बनारसबाट प्रकाशित भएको थियो । मोतीरामकै सक्रियतामा वि।सं। १९५५मा नेपालकै पहिलो पत्रिकाको रुपमा ‘सुधासागर’ को प्रकाशन शुरु भयो । ‘सुधासागर’पछि नेपाली भाषामा नेपालमै प्रकाशित भएको दोस्रो पत्रिका ‘गोरखापत्र’ हो । झापामा मोतीरामको स्मृतिमा पत्रिकारिता पुरस्कार स्थापना भएकोमा झापाली पत्रकारको रचनात्मक सोच, कार्य र पत्रकारिताको गरिमालाई उच्च बनाउन भएको योगदानको प्रशंसा गर्दै त्यसताका गोरखा पत्र दैनिकले सम्पादकीय समेत प्रकाशित गरेको थियो । मोती पत्रकारिता पुरस्कार हालसम्म नकुल काजी, डिल्लीराम निर्भिक, मदन ढकाल, डिकमान विरही, गञ्जबहादुर दाहाल र लीला बराल, चन्द्र भण्डारी र गोविन्दचन्द छेत्रीलाई प्रदान गरिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2मोती पत्रकारिता पुरस्कार अक्षयकोषमा आचार्यले दिए एक लाख
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img