Homeसमाचारहात्तीपाइले रोग विरुद्धको आमऔषधी सेवन अभियान शुरु

हात्तीपाइले रोग विरुद्धको आमऔषधी सेवन अभियान शुरु

भद्रपुर ११ फागुन । झापामा हात्तीपाइले रोग नियन्त्रण अन्र्तगतको ११ औं पटकसम्मको अभियान असफल भएपछि १२ औं पटकको हात्तीपाईले रोग विरुद्धको आम औषधी सेवन अभियानको एक संक्षिप्त कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
स्वास्थ्य कार्यालय झापाको आयोजनामा जिल्ला प्रशासन कार्यलयमा विहिवार आयोजीत संक्षिप्त कार्यक्रमका बीच जिल्ला समन्वयन समिति झापा प्रमुख विश्वनाथ बराल र प्रमुख जिल्ला अधिकारी बिवराम पोखरेलले एक साथ औषधी सेवन गरे संगै अभियानको थालनी भएको हो । नेपाल सरकारले निरन्तरको ६ बर्ष सम्मको अभियानमा हात्तिपाईले रोग नियान्त्रण गर्ने गरि सन् २०१३ मा संचालन गरेको अभियान आम नागरिकले निरन्तर औषधी सेवन नगर्दा १२ औं पटक सम्म अभियान संचालन गर्नु परेको छ ।
औषधी सेवन गरेर अभियानको सुभारम्भ गर्दै समन्वयन समिति प्रमुख बरालले झापामा आमनागरिकले नियमित रुपमा औषधी सेवन नगर्दा प्रकोप जस्ताको बताउर्दै सबै मुदायले अनिवार्य औषधी खाएर अभियान सफल बनाउन आग्रह गर्नु भयो ।
उहाँले हात्तिपाईले रोग विरुद्धको औषधीले कुनै असर नगर्ने भन्दै सबै समुदायले औषधी खान सबैले पे्ररित गर्नुपर्नेमा जोड दिनु भयो । विगत बर्षहरुमा भन्दा यस बर्ष फरक तरिकाले मानिसको उचाइ नापेर आबश्यता अनुसरा ९ ट्याब्लेटसम्म औषधी सेवन गर्नु पर्ने व्यावस्था सरकारले गरेको हात्ती पाईले रोग नियान्त्रण झापाका फोकल परसन तथा स्वास्थ्य अधिकृत बिश्वनाथ श्रेष्ठले बताउनु भयो ।
यहि फागनु २५ गते सम्म २ हप्ता चल्ने अभियानमा ७ सय जना तालिम प्राप्त स्वास्थ्यकर्मीहरुबाट ९ लाख जनसंख्याको हाराहारीमा औषधी सेवन गराईने श्रेष्ठको भनाई छ ।
गत बर्षको अभिलेख अनुसार झापमा १ सय ४० जना हात्तीपाईले रोगबाट ग्रसित हाइृड्रोशिलका विमारी र १ सय ४६ जना खुट्टा सुनीएका विमारी रहेका छन् । शुुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पोखरेल लगायतका जन स्वास्थ्य अधिकृत रमेश बाह«कोटी लगायतका कर्मचारीहरुको सहभागिता रहेको थियो । झापा लगायतका १५ वटा जिल्लाहरुमा एकसाथ यो अभियानको शुुभारम्भ गरिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारहात्तीपाइले रोग विरुद्धको आमऔषधी सेवन अभियान शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img