HomeFeatured 2बिर्तामोडमा हात्तीपाइले रोग विरुद्वको औषधी सेवन कार्यक्रम शुरु

बिर्तामोडमा हात्तीपाइले रोग विरुद्वको औषधी सेवन कार्यक्रम शुरु

बिर्तामोड । बिर्तामोड नगरपालिकामा हात्तीपाइले रोग विरुद्वको आम औषधी सेवन कार्यक्रम शुभारम्भ भएको छ । नगरपालिकाको कार्यालयमा आज आयोजित संक्षिप्त कार्यक्रम विच नगर प्रमुख पवित्रा महतारा प्रसाईले औषधी सेवन गरेर नगर स्तरिय औषधी सेवन कार्यक्रमको शुभारम्भ गरे ।
कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, वरिष्ठ योजना अधिकृत जय तिम्सिना लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुले पनि औषधी सेवन गरे ।
बिर्तामोड नगरपालिकाको आव्हान, हात्तीपाईले रोग मुक्त नगर हाम्रो अभियान भन्ने मुलनाराका साथ फागुन ११ देखि १७ गतेसम्म नगरका सबै वडाहरुमा हात्तीपाइले रोग विरुद्वको औषधी सेवन कार्यक्रम सञ्चालन हुने भएको हो ।
औषधी सेवन शुभारम्भ कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले हात्तीपाइले रोग विरुद्वको औषधी अनिवार्य सेवन गर्न नगरवासी सबैलाई आग्रह गरे । अघिका वर्षहरुमा औषधीको बारेमा गलत हल्लाह भएका कारण धेरै सर्वसाधारणले औषधी सेवन नगरेको भन्दै उनले त्यस प्रकारको भ्रममा नपर्न आग्रह गरे ।
बिर्तामोड नगरपालिका क्षेत्रभित्र औषधी सेवन कार्यक्रमका लागि एकसय ५० जना भन्दा बढी तालिम प्राप्त स्वास्थ्यकर्मीहरु खटिएको स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले जानकारी दिए । उसले पहिलो चरणमा प्रत्येक वडामा रहेका विद्यालय र त्यसपछि गाउँ टोलहरुमा पुगेर स्वास्थ्यकर्मीहरुको टोलीले औषधी ख्वाउने तयारी रहेको बताए । नगरपालिकाले औषधी सेवन कार्यक्रमका बारेमा विभिन्न प्रचार प्रसार तथा स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिमको समेत व्यवस्था गरेको थियो ।
हातीपाइले रोग मानिसलाई नराम्रो गरी शरीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीका कारणले लाग्ने गर्दछ । सरकारले यस रोगको जोखिम भएका झापा लगायतका सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम संचालन गरेको हो ।

२ वर्ष उमेर नपुगेका बालबालिकाहरु ,गर्भवती र सात दिन सम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरु (कुनै कडा रोग लागि औषधि सेवन गरिरहेकाहरु, जस्तै क्यान्सर, मुटु रोगी, कलेजो रोगी, फोक्सोको दीर्घ रोगी), छारे रोगीहरु, २४ घण्टाभित्र ज्वरो आएको तथा कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकाहरुले यो औषधि सेवन गर्नु हुँदैन ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बिर्तामोडमा हात्तीपाइले रोग विरुद्वको औषधी सेवन कार्यक्रम शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img