Homeसमाचारबिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव अटोमोबाइल्समा आकर्षण, स्टलबाटै कार बिक्री

बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव अटोमोबाइल्समा आकर्षण, स्टलबाटै कार बिक्री

झापा । झापाको बिर्तामोडमाा सञ्चालित बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सवमा अटोमोबाइल्सतर्फ पनि अवलोकनकर्ताहरुको ध्यान खिचिएको पाइएको छ ।
बुधबार दिउँसो महोत्सव अवलोकन गर्न पुगेका कनकाई नगरपाालिकाका त्रिलोचन उप्रेतीले नेक्सन इभिएक्कस जेठ लक्स कार खरिद गरेका छन् । कारको बजार मुल्य ४२ लाख ९९ हजार रहेको अल्सका अटो मोबाइल्स प्रालिका सेल्स म्यानेजर एजन न्यौपाानेले जानकारी दिए ।
उप्रेतीले खरिद गरेको उक्त विद्युतीय कार एक पटक चार्ज गरेपछि २५० किलोमिटर सम्म सञ्चालन गर्न सकिने जनाइएको छ । महोत्सव स्थलमै आयोजित एक संक्षिप्त कार्यक्रममा महोत्सव आयोजक समितिका संयाोजक राजु न्यौपाने र बिर्तामोडउद्योग वााणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले सवारी साधनको चावी खरिदकर्ता उप्रेतीलाई हस्तान्तरण गरे ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि निरन्तर बढी रहेका बेला उपभोक्तको आकर्षण विद्युतीय सवारी साधन तर्फ केन्द्रित हुदै गएको छ । महोत्सव स्थलमा विद्युतिय साइकल, स्कुटर, लगायतका सवारी साधनहरुको स्टल राखिएका छन् ।
कोमाकी कम्पनीका विद्युतीय स्कुटरको स्टलबाट ६ वटा सवारी बुक भइसकेको बताइएको छ । महोत्सव अवधिभर ५० वटा सवारी विक्री गर्ने लक्ष्य राखेको कम्पनी प्रतिनिधिले बताए । महोत्सवकै अवधिमा खरिद गर्नेलाई १९ हजाार रुपैंया छुटको समेत अफर रहेको छ ।
त्यस्तै होण्डा, यामाहा, सोनालिका, टिभिएस, पल्सर ब्राण्डका सवारी साधनको स्टलमा अवलोकनकर्ताहरुको उल्लेख्य उपस्थिती र चासो रहेको कम्पनीका प्रतिनिधिहरुले बताए । त्यस्तै विद्युतीय साइकल तर्फ पनि उपभोक्ताको आकर्षण बढेको पाइएको छ ।
गत फागुन ५ गतेबाट शुरु भएको महोत्सव ११ दिनसम्म सञ्चालन हुने जनाइएको छ । महोत्सवमा लाई ब्यवस्थित बनाउने उद्धेश्यले विभिन्न चार भागमा विभाजन गरिएको छ । बालउद्यान, अटोमोबाइल्स, मनोरञ्जन र खानपान तथा उपभोग्य सामग्रीहरुको स्टलहरु राखिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव अटोमोबाइल्समा आकर्षण, स्टलबाटै कार बिक्री
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img