HomeFeatured 2महोत्सवको रोजाई सेलरोटी, उत्साहित हुँदै महिला उद्यमी

महोत्सवको रोजाई सेलरोटी, उत्साहित हुँदै महिला उद्यमी

बिर्तामोड । केही गर्न इच्छुक आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई सिप सिकाई आयमुलक कार्यमा संलग्न गराउने उद्देश्यले महिला उद्यमी समूहले सामुहिक सेलरोटी विक्री गरिरहेका छन् ।
महोत्सवमा विक्री गरेर प्राप्त आम्दानीले महिलालाई आत्म निर्भर बनाउने लक्ष्यका साथ सामुहिक सेलरोटीको विक्री शुरु गरेको महिला उद्यमी समूह बिर्तामोडका महिलाहरु मेला अवधी छोट्टिदै जाँदा आफूहरु भने उत्साहित हुँदै गएको बताउँछन् ।
महोत्सव शुरु भएकै दिन खासै व्यापार हुन नसकेको सेलरोटी विक्रीले क्रमिक रुपमा पिकअप लिँदै गएसंगै उनीहरु पनि उत्साहित भएका हुन् ।
शुरुका दिनमा पिकअप लिंदैन की भन्ने डर पनि लागेको थियो, बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यमी समूह बिर्तामोडकी अध्यक्ष तिलोत्तमा खत्रीले भनिन्–त्यसपछि क्रमिक रुपमा बढ्दै गएको छ ।’
तेस्रो दिनदेखि महिलाहरुले चलाएको स्टल कहाँ छ रे भन्दै सोध्दै आइपुगेको सुनाउँछन् । उनले भनिन–यसो भनेको सुन्दा खुशी लागेर आउँछ, हामीलाई पनि खोजेर आउने रछन् भनेर ।’
सामुहिक रुपमा व्यापार गर्न पाउँदा खुशी लागेको बरिष्ठ उपाध्यक्ष यशोदा उप्रेतीले बताइन् । खोजी खोजी आएर सेलरोटी खाने गरेको बताउँदै यशोदाले भनिन्–‘सामाजिक कामका लागि भन्ने सुनेपछि त झन खोजी खोजी आएर खाँदै हुनुहुन्छ, उनले थपिन–हामीलाई इन्करेज गर्दै हुनुहुन्छ, यसले हामीलाई सामाजिक कामका लागि हौस्याएको पनि छ ।’
सेलरोटी, अचार र सब्जीसहित प्रति प्लेट एकसय रुपैयाँमा खान सकिने सेलरोटी अचार र सब्जी पूर्ण रुपमा हाइजेनिक रहेको बरिष्ठ उपाध्यक्ष उप्रेतीले बताइन् । घरको भान्सामा जस्तै शुद्ध छ, पूर्ण रुपमा हाइजेनिक रहेको उनीहरुको भनाई छ ।
सामुहिक व्यापारको अभ्यासले आपसमा आत्मीयता बढाउनुका साथै दुःख सुखका कुरा समेत आदान–प्रदान हुनाले महोत्सवले जुराएको सामुहिक सेलरोटी विक्री कार्यले एकअर्कालाई बुझ्ने अवसर समेत दिएको उप्रेतीको भनाई छ ।


महिलाले गरेको कामको सम्मान गर्दै खोजी खोजी आएर सेलरोटीको स्वाद लिनु नै ठूलो कुरा भएको कविता पोखरेलले बताइन् । सामुहिक काम रमाइलो पनि हुँदोरछ उनले भनिन्–‘रूचाइदिनु भएको छ यो नै हाम्रो सम्पत्ति हो ।’
बिर्तामोड उद्योग बाणिज्य संगले आयोजना गरेको महोत्सवमा सामुहिक रुपमा सेलरोटी विक्री गरेर महिला उद्यमीले आम्दानी गर्न थालेको यो दोस्रो अनुभव हो । यसअघि २०७५ सालमा आयोजित महोत्सवमा सेलरोटी विक्रीबाट प्राप्त आम्दानीलाई सामाजिक कार्यमै खर्चिएका उनीहरुले यो पटक भने महिलालाई सीप सिकाई आत्मनिर्भरताको बाटोतर्फ डोर्याउने उद्देश्य राख्नु सकारात्मक सोच भएको बिर्तामोड उद्योग बाणिज्य संघ बिर्तामोडकी उपाध्यक्ष नैनकला भट्टराईले बताइन् ।
यस्ता कामले एकातिर महिलालाई स्वाबलम्बी बन्न सिकाउँछ भने अर्कोतर्फ सामुहिक व्यापारको अभ्यास समेत गराउँछ । भट्टराईले थपिन्–‘एकापसमा मित्रता, प्रेम, आत्ममियता, जागरुकता भन्ने त छँदैछ ।’
सेलरोटीलाई व्यवसायिक रुपमै सञ्चालन गर्नका लागि पनि खास ठूलो लगानी नचाहिने बाणिज्य संघकी सदस्य तुलसा ढकालले बताईन् । उनले भनिन्–खट्नु पर्छ तर, लगानी ठूलो चाहिंदैन ।’ प्रायः महिलाले मात्र हातले बनाउने सेलरोटी अत्यन्तै मिठो र स्वादिलो भएको मौसम शर्माले प्रतिक्रिया दिए ।
महोत्सवस्थलमा आकर्षक प्रवेशद्वारा, बृज खलिफा, धरहरामा सेल्फी खिच्नेहरुको भीड लाग्ने गरेको बिर्तामोड उद्योग बाणिज्य संघकी सहकोषाध्यक्ष राधिका चुडालले बताइन् ।
महोत्सवमा विभिन्न खाद्य परिकार, जातिय मौलिक खाद्य परिकारका स्टलहरु रहेका छन् भने नेपाल, भारत, वंगलादेश र पाकिस्तानको समेत व्यवसायिक स्टल रहेको महोत्सव महोत्सव आयोजक समितिका सचिव कुशल खतिवडाले बताए ।
महोत्सवले पूर्वको ताप्लेजुङमा उत्पादित कृषिजन्य सामग्रीदेखि वंगलादेशका कपडा तथा पाकिस्तान र भारतमा उत्पादित कृषि औजार लगायतका सामग्रीहरु प्रदर्शनीमा राखिएको बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीले बताए ।
फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा प्रत्येक साँझ सुप्रशिद्ध राष्ट्रिय कलाकारहरुको सांङ्गितिक प्रस्तुति रहँदै आएको साँझको साङ्गितिक प्रस्तुतिमा उल्लेख्य संख्यामा दर्शकहरुको उपस्थिति रहँदै आएको समितिका संयोजक राजु न्यौपानेले जानकारी दिए ।
महोत्सवमा मनोरञ्जनका लागि राखिएका खेल सामग्रीले महोत्सवको रौनकता बढाएको बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए । मेलामा नेपालकै अग्लो रोटेपिङ राखिएको छ । फागुन ५ गतेबाट शुरु भई १५ गतेसम्म सञ्चालन हुने ११ दिने बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा अवलोकनकर्ताको संख्या बढ्दै गएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2महोत्सवको रोजाई सेलरोटी, उत्साहित हुँदै महिला उद्यमी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img