भद्रपुर १ फागुन । झापाको सदरमुकाम चन्द्रगढी स्थित मेची रंगशाला यहि फागुन ७ गते देखि १६ गते सम्म हुन गइरहेको भद्रपुर झापा गोल्ड कपको प्रारम्भमा पहिलो चरण अन्तरगत सोमबार मेची पुलबाट भद्रपुर रनिङ २०७९ सुरु गरिएको छ ।
भद्रपुर भारतको गलगलिया जोड्ने मेची पुलबाट सोमबार बिहान ७ः३० बाट सुरु भएको दौड आधाघण्टा पनि नबित्दै प्रतियोगिता भद्रपुर बजार भानु चौक, संगमचोक हँुदै मेची रंगशालामा पुगेर सम्पन्न भएको थियो ।
लगभग २ किलो मिटर भन्दा बढी क्षेत्रमा पार गर्दै सम्पन्न दौड प्रतियोगितामा भद्रपुरका शिक्षक, उद्योगी व्यापारी, प्रहरी लगायतका चारसय भन्दा माथिका सर्वसाधारणको दौडमा सहभागिता रहेको थियो । दौडमा प्रथम हुने हप्ना टुडु, दोस्रो स्थानमा प्रतियोगिता जित्न सफल सशस्त्र प्रहरी बलका प्रहरी जवान आशिसकुमार भोर, र तृतीया हुने सुदिप राईलाई नगद क्रमशः पाँचहजार, तीनहजार र दुईहजार रुपैयाँ पुरस्कार समेत गरिएको थियो ।
त्यसै गरी छात्रातर्फ प्रथम स्थानमा विजयी हुने छात्रा सुस्मिता राई, द्धितीय हुने, विन्दा राई र तृतीया स्थानमा विजयी हुने मनिता राई समेत सोही राशी बराबरको नगद पुरस्कार प्रदान गरिएको गोल्डकप आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए । दौड प्रतियोगितामा सहभागी टप टेनमा पर्ने सबैलाई नगद एकहजार समेत पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
भद्रपु्र गोल्डकपद्वारा आयोजित दौड प्रतियोगिताको उपाधी टुडुलाई

































































































