HomeFeatured 2झापा बारको नयाँ नेतृत्व चयन, अध्यक्षमा भट्टराई

झापा बारको नयाँ नेतृत्व चयन, अध्यक्षमा भट्टराई

भद्रपुर । नेपाल बार एसोसियसन झापाको अध्यक्षमा अधिवक्ता नारायणप्रसाद भट्टराई निर्वाचित भएका छन् । प्रगतिशील कानून व्यवसायी र डेमोक्र्याटिक्स लयर्स एसोसियसन झापा बीच आलोपालो प्रणाली अन्र्तगत रहेर विगत बर्षहरुमा नयाँ कार्य समिति चयन हुने प्रणलीलाई यस पटक भने आरपीएलएकातर्फबाट कानून व्यवसायी कालीप्रसाद सञ्जेलबीच प्रतिस्पर्धा भएको हो ।
अगामी २ बर्षे कार्यकालका लागि गठित १३ सदस्यीय कार्य समितिका लागि सम्पन्न मतदानबाट भट्टराईले ९२ प्रतिशत मत ल्याएर निर्वाचित भएका हुन् । भट्टराईका प्रतिष्पर्धी सञ्जेलले २१ मत प्राप्त गरे ।
पीपीएलए (प्रगतीशील कानून व्यवसायी संगठन) र प्रजातान्त्रिक कानून व्यवसायी संगठन डिएलए बीचको सहमति अनुसारा अन्य पदहरु क्रमशः उपाध्यक्षमा प्रजातान्त्रिक समूहबाट भीम बराल, सचिवमा सन्तोषकुमार प्रसाई, सहसचिवमा कोपिला बस्नेत, र सदस्यहरुमा क्रमशः भरत प्रसाई, सेमन्त मिश्र, पदम रिमाल र लक्ष्मीप्रसाद शिवाकोटीलाई निर्विरोध निर्वाचित भएका छन् ।
यसै गरी प्रगतीशील कानून व्यवसायी संगठन पीपीएलएबाट कोषाध्यक्षमा दिपकप्रसाद निरौला र सदस्यहरुमा क्रमशः नारायणप्रसाद चौलागाई, राजेन्द्र खनाल, कविता बास्तोला र रुद्रबहादुर न्यौपानेलाइ सर्बसम्मत चयन गरिएको छ
२०६७ सालमा पीपीएलकातर्फबाट कानून व्यवसायीद्वय टंकप्रसाद उपे्रती र लेखनाथ निरौलाबीच प्रतिष्पर्धा हुँदा उपे्रती निर्वाचित भएका थिए । २०६७ साल पछि झापा बारमा अध्यक्ष पदका लागि आलोपालो प्रणलीलाई तोडेर पहिलो पटक निर्वाचन भएको निर्वाचन समिति संयोजक टंकप्रसाद उप्रेतीले बताए ।
अध्यक्ष पदमा प्रतिष्पर्धा भएसंगै झापा बारका आरपीएलएसंग आबद्ध कानून व्यवसायीहरुले पाउने पार्षद पद लगायतका अन्य पदहरु समेत यस पटक गुमाएका छन् ।
सञ्जेल २०५१ सालको निर्वाचनमा समेत उम्मेद्वार उठेर तत्कालिन अधिबक्ता लिलाप्रसाद सापकोटासंग पराजित भएका थिए । शनिवार सम्पन्न निर्वाचनमा खसेको ११७ मत मध्ये ४ मत बदर भएको झापा बारले जनाएको छ । झापा बारमा जम्मा १६३ जना कानून व्यवसायी मतदाताहरु रहेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2झापा बारको नयाँ नेतृत्व चयन, अध्यक्षमा भट्टराई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img