Homeसमाचारमंसीर–४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभाकम झापाका उम्मेद्वार सबैले बुझाए खर्च विवरण

मंसीर–४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभाकम झापाका उम्मेद्वार सबैले बुझाए खर्च विवरण

झापा । गत मंसीर–४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभामा झापाबाट उम्मेद्वार बनेका सबैले निर्वाचन खर्च विवरण बुझाएका छन् ।
दुई राष्ट्रिय पार्टीका केन्द्रीय अध्यक्ष, कांग्रेसका महामन्त्री तथा पूर्व महामन्त्री समेत प्रतिनिधिसभा सदस्यको प्रतिष्पर्धामा रहेका कारण चर्चामा रहेको झापामा सबै उम्मेद्वारको खर्च ४ करोड ६० लाख भन्दा बढी हिसाब आएको जिल्ला निर्वाचन कार्यालय झापाका अधिकृत तुलसी नेपालले जानकारी दिए । झापामा ५ वटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् ।
कार्यालयमा उम्मेद्वारहरुले पेश गरेको खर्च विवरण अनुसार नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नं.–५ बाट निर्वाचित प्रतिनिधिसभा सांसद केपी शर्मा ओलीको १८ लाख ८२ हजार ५० रुपैयाँ खर्च भएको छ भने सबै भन्दा कम राजेन्द्र लिङ्देनले ४ लाख ४२ हजार ४५५ रुपैयाँ भएको कार्यालयमा बुझाएका छन् । त्यसैगरी नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं.–१ बाट सांसद विश्वप्रकाश शर्माले १८ लाख ५४ हजार ९५२ रुपैयाँ निर्वाचन खर्च विवरण उल्लेख गरेका छन् भने कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलाले १६ लाख ७८ हजार ९१२ रुपैयाँ खर्च विवरण उल्लेख गरेका छन् ।
प्रतिनिधिसभा सदस्यका आकांक्षी ९४ जना उम्मेद्वारबाट लगभग ३ करोड रुपैयाँ बराबरको खर्च विवरण पेश भएको बताइएको छ । प्रदेशसभातर्फ प्रदेशका मुख्य मन्त्री तथा झापा क्षेत्र नं.५ प्रदेशस क सदस्यका उम्मेद्वार हिक्मतकुमार कार्कीले ९ लाख ५१ हजार १९४ रुपैयाँ खर्च विवरण उल्लेख गरिएको छ । १० वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको झापामा ९८ जना उम्मेद्वारबाट एकमुष्ट करिब १ करोड ६० लाख रुपैयाँ खर्च विवरण प्राप्त भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा झापाबाट विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेद्वारले निर्वाचन खर्च विवरण बुझाएको जिल्ला निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिए ।
उक्त निर्वाचनमा झापाबाट १९० जना उम्मेद्वार कायम रहेका थिए । प्रतिनिधिसभा सदस्यका उम्मेद्वारले अधिकतम ३१ लाखसम्म खर्च गर्न पाउने प्रावधान थियो । निर्वाचनमा प्रदेशसभा सांसदको उम्मेद्वारले प्रति उम्मेद्वार १५ देखि १७ लाखसम्म खर्च गर्न पाउने प्रावधान भएपनि प्रदेशसभातर्फ सबैभन्दा बढी ११ लाख खर्च विवरण आएको अधिकृत नेपालले बताए ।
त्यसैगरी १५ लाखसम्म खर्च गर्न पाइने निर्वाचन आयोगले निर्धारण गरेको दायरा भन्दा कम खर्च विवरण आएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।
उम्मेद्वारहरुको प्राप्त खर्च विवरण अनुसार ३१ लाखसम्म खर्च गर्न पाउने भएपनि झापाका प्रतिनिधिसभा आकांक्षी उम्मेद्वारले सबैभन्दा बढी २२ लाख खर्च विवरण बुझाएको नेपालले बताए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमंसीर–४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभाकम झापाका उम्मेद्वार सबैले बुझाए खर्च विवरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img