HomeFeatured 2बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव सफल बनाउन दलको प्रतिवद्धता

बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव सफल बनाउन दलको प्रतिवद्धता

झापा । फागुन ५ गतेदेखि झापामा सञ्चालन हुन लागेको बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव सफल बनाउन बिर्तामोडका राजनीतिक दलहरुले प्रतिवद्धता जनाएका छन् ।
नगर क्षेत्रभित्र क्रियाशील राजनीतिक दलहरु र महोत्सव आयोजक बिर्तामोड उद्योग वाणिज्य संघ बीच भएको छलफलमा दलका नेता तथा प्रतिनिधिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनीहरुले बिर्तामोडमा हुने सबैखाले गतिविधिको हिस्सेदार राजनीतिक दल नै भएको उल्लेख गर्दै महोत्सव सफल बनाउन पनि आफूहरुको दायित्व उत्तिकै रहेको धारणा आफूहरु उक्त जिम्मेवारी पूरा गर्न प्रतिवद्ध रहेको बताए ।
कोभिडपछि कोभिडले नै उब्जाएको आर्थिक समस्याबाट निरास भएका व्यवसायीलाई उत्साह थप्नका लागि भएपनि महोत्सवलाई अबसरका रुपमा हेरिनु पर्नेमा उनीहरुको जोड थियो ।
कार्यक्रममा सहभागी मध्ये नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौलाले नगरलाई राम्रो बनाउन र व्यवसायिक सफलताका लागि दलले भूमिका खेल्नु दायित्व भएको उल्लेख गर्दै आयोजकको अपेक्षा पनि स्पष्ट रुपमा आउनु पर्ने बताउनुभयो ।
यता नेकपा एमालेका नगर अध्यक्ष सुवाश भट्टराईले चुनौतिलाई पार गरेर नै अवसर खोज्नु पर्ने धारणा राख्दै सुखी नेपाली र समृद्ध नेपाल हुनका लागि निजी क्षेत्र समृद्ध हुनुपर्ने बताउनुभयो ।
नेकपा माओवादीका नगर अध्यक्ष मोहन सुब्बाले उद्योग वाणिज्य संघ र व्यपारीको गरिमा उच्च हुँदा नगर र राजनीतिक दलको पनि शिर उच्च हुने बताउँदै पार्टीको तर्फबाट महोत्सव सफल बनाउन पूर्ण साथ रहने बताउनु भयो ।
राप्रपा नगर अध्यक्ष रञ्जु प्याकुरेलले महोत्सव स्थलमा सुरक्षा व्यवस्था मजवुद बनाउनु पर्ने बताउँदै स्थानीय उत्पादन, भेषभूषा र पहिचान झल्कने स्टलहरुलाई प्राथमिकता दिनु पर्ने बताउनुभयो ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य अर्जुन उप्रेतीले आर्थिक अवस्था खस्किएको समयमा पनि महोत्सव लगाउने आँट गर्नु नै ठूलो कुरा भएको बताउँदै मेला बाट भएको आम्दानीलाई उत्पादन मूलक काममा लगाउनु पर्ने बताउनुभयो ।
जनता समाजवादी पार्टीका नगर अध्यक्ष उदय गुरुङले सांस्कृतिक पहिचान झल्काउने स्टलहरुलाई छुट दिनु पर्ने बताउनुभयो ।
नेकपा एकीकृत समाजवादीका बिर्तामोड नगर अध्यक्ष श्रीप्रसाद सिटौलाले मेलाको प्रचार प्रसारमा बढी जोड दिनु पर्ने बताउनुभयो ।
यता मेला आयोजक समितिका तर्फबाट बोल्दै मेला ब्यवस्थापक ललित सिम्खडाले अन्यत्र आयोजना गरिएका व्यापारिक मेलामा स्थानीय सरकारले आर्थिक सहयोग गर्ने गरेको उल्लेख गर्दै त्यसका लागि नगर क्षेत्र भित्र क्रियाशील राजनीतिक दलले स्थानीय सरकारको ध्यानाकर्षण गराउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष कुमार भट्टराईले ओलाङ्चुङगोलादेखि भारत सहितका मुलुकमा व्यापारिक सम्वन्ध जोड्न बिर्तामोड महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
मेला आयोजक समितिका संयोजक राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव कुशल खतिवडाले गर्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव सफल बनाउन दलको प्रतिवद्धता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img