HomeFeatured 2प्याब्सन कमलको पालिकास्तरीय गायन तथा नृत्य प्रतियोगिता शुरु

प्याब्सन कमलको पालिकास्तरीय गायन तथा नृत्य प्रतियोगिता शुरु

कमल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) कमल गाउँपालिकाको पालिकास्तरीय गायन तथा नृत्य प्रतियोगिता शुक्रबारबाट सञ्चालन शुरु भएको छ । दुईदिने उक्त प्रतियोगिता शनिबार (आज) सम्पन्न हुनेछ ।
कमल– ५ पाडाजुङ्गी स्थित स्टार इङलिस स्कुलमा आयोजित प्रतियोगितामा गाउँपालिकाका १५ वटा विद्यालयका विद्यार्थीहरू सहभागी छन् । सहभागी विद्यार्थीले पहिलो दिन शुक्रबार राष्ट्रिय र मोर्डन गीतमा आफ्नो नृत्य प्रस्तुत गरेको आयोजक प्याब्सन कमलका अध्यक्ष बद्री साम्पाङ राईले जानकारी दिए ।
शुक्रबार सम्पन्न नृत्य प्रतियोगिताको राष्ट्रिय नृत्यतर्फ निहारिका इङलिस स्कुल प्रथम भएको छ । प्रतियोगितामा फोनिक्स इङलिस स्कूल दोस्रो र स्टार इङलिस स्कूल तेस्रो भएको छ । त्यसै मोर्डन नृत्य तर्फ हिमाली इङलिस स्कूल प्रथम स्टार इङलिस स्कूल र निहारिका इङलिस स्कूल दोस्रो तथा लालिमा इङलिस स्कूल तेस्रो भए ।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन झापा अध्यक्ष गौरीमान फागोले पढाइसंगै विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन गर्न प्याब्सन झापा सधै लागि परेको बताए । साथै उनले प्याब्सन झापा मातहतमा रहेका पन्द्रवटै पालिका स्तरिय प्याब्सनले पनि उल्लेख्य कार्य गर्दै आएको बताए ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष नारायण घिमिरे, जिल्ला सचिव हरिकृष्ण पाठक लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्ला बरिष्ठ उपाध्यक्ष तथा साँस्कृतिक कार्यक्रम संयोजक छत्र कार्की, जिल्ला सहसचिव लक्ष्मीप्रसाद उप्रेती, जिल्ला सहकोषाध्यक्ष हरि फुयाल, जिल्ला सदस्यहरू युवराज बराल, त्रिलोचन गौतम र युवराज सिवाकोटी लगायतका पदाधिकारी एवम् प्रतिनिधि, विभिन्न पालिकाका अन्तर्गत झापा अध्यक्ष नवराज सुवेदी, बुद्धशान्ति अध्यक्ष गंगा निरौला, गौरादह अध्यक्ष गंगा दुलाल, गौरीगञ्ज अध्यक्ष श्याम राजवंशी प्याब्सन अध्यक्ष तथा प्रतिनिधि, प्रिन्सिपल, सञ्चालकको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा स्वागत पालिका साँस्कृतिक कार्यक्रम संयोजक बिजयसिंह थापाले गरेका थिए भने सञ्चालन पालिका सचिव दिपक संग्रौलाले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2प्याब्सन कमलको पालिकास्तरीय गायन तथा नृत्य प्रतियोगिता शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img