Homeसमाचारसमाचारदेउवा छैटौंपटक प्रधानमन्त्रीको दौडमा

देउवा छैटौंपटक प्रधानमन्त्रीको दौडमा

विर्तामोड ६ पुस । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । कांग्रेसमा युवा पुस्तालाई नेतृत्व हस्तान्तरणको बहस जोडदार रुपमा उठेपनि महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् । बुधबार विहान ८ बजेदेखि भएको निर्वाचनमा देउवाले ६४ मत प्राप्त गरेका थिए भने गगन थापाले २५ मत प्राप्त गरेको कांग्रेस नेता वीरबहादुर बलायरले जानकारी दिए ।

निर्वाचनमा प्रत्यक्ष र समानुपातिक कोटाबाट निर्वाचित÷मनोनित ८९ जना सांसदहरुले मतदान गरेका थिए । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसद माया राईले अस्पतालबाटै भोट हालेकी छन् । उनी सुत्केरी भएर ओम अस्पतालमा भर्ना भएकी छन् । निर्वाचन समितिका प्रतिनिधिहरु अस्पतालमै पुगेर उनको मत संकलन गरेका थिए ।

युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने मागसहित नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले महामन्त्री थापालाई समर्थन गरेका थिए । यो सँगै कांग्रेसको नेतृत्वमा सरकार बनेमा देउवा छैटौंपटक प्रधानमन्त्री हुने निश्चितप्राय देखिएको छ । यसअघि एमालेले के.पी. ओलीलाई, राप्रपाले राजेन्द्र लिङ्देनलाई संसदीय दलको नेता सर्वसम्मत चयन गरिसकेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारदेउवा छैटौंपटक प्रधानमन्त्रीको दौडमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img