Homeसमाचारहल्दिबारी माविमा स्वर्ण महोत्सव, दाताहरुलाई सम्मान

हल्दिबारी माविमा स्वर्ण महोत्सव, दाताहरुलाई सम्मान

भद्रपुर १ पुस । झापाको हल्दिबारी गाउँपालिका–२ स्थित हल्दिबारी नमूना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव आयोजना गरेको छ ।
पुस १ गते विद्यालय स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको साताव्यापी महोत्सवको आज एकभव्य समारोहका बीच १ नं प्रदेशका सामाजिक विकास मन्त्री राजन राईले समुद्घाटन गर्नुभएको छ ।
विद्यालय प्रांगणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार राईको अध्यक्षतामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री राईले शिक्षाको विकास नै समाज विकासको मूल आधार भएको बताउँदै शैक्षिक प्रगतिका लागि सबै एकजुट हुनुपर्ने बताउनु भयो ।
महोत्सव उद्घाटनको अवसरमा प्रमुख अतिथि मन्त्री राईले विद्यालय परिसरमा निर्माण गरिएको स्वर्ण स्तम्भ र जग्गादाता माझीलाल राजवंशीको शालिक अनावरण गर्नुभयो ।
सहायक प्रधानाध्यापक तुलसीप्रसाद कोइरालाले सञ्चालन र प्रधानाध्यापक टंकबहादुर पाख्रिनले स्वागतसहित विद्यालयको सम्पूर्ण गतिविधिबारे प्रकाश पारेको सो समारोहका बीच विद्यालयका संस्थापक प्रधानाध्यापक नरेन्द्र कार्की र जग्गादाताकी धर्मपत्नी सरला राजवंशीलाई अभिनन्दनका साथै ५० हजार रुपैयाँभन्दा बढी प्रदान गर्ने दाताहरूलाई सम्मान गरिएको थियो ।
महोत्सव उद्घाटनका अवसरमा विभिन्न जातीय झाँकीहरुका साथै विद्यार्थीहरुको सांस्कृतिक प्रस्तुति रहेको थियो भने विद्यार्थीहरुले तयार पारेका विज्ञानको सामग्रीको प्रदर्शनी गरिएको थियो ।
२०२९ साल पुस १ गते हल्दिबारी निम्न माध्यमिक विद्यालयका नाममा स्थापित विद्यालयको स्वर्ण महोत्सव मनाउन ९९ सदस्यीय मूल समारोह समिति गठन गरिएको थियो । महोत्सव सफल पार्न देश विदेशमा रहेका भूपू विद्यार्थीहरुले उल्लेख्य सहयोग पुर्याएको प्रधानाध्यापक पाख्रिनले बताउनुभयो ।
लोकप्रिय गायिक मेलिना राईको सांगीतिक प्रस्तुति रहेको महोत्सव उद्घाटन समारोहमा संविधानसभा सदस्य मोहन टुडु, झापा क्षेत्र नं ३ (घ) का प्रदेशसभा सदस्य छविलाल चूडाल, हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनलगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।
महोत्सवअन्तर्गत दोस्रो दिन शनिबार सोही विद्यालयका पूर्व विद्यार्थी डा. समिर पौडेलद्वारा मुटु रोग सम्बन्धी स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरणका साथै रक्तदान कार्यक्रम; तेस्रो दिन अन्तर–सदनात्मक खेलकुद प्रतियोगिता, चौथो दिन अन्तर मावि हाजिरी–जवाफ प्रतियोगिता र ५ हजार रुपैयाँसम्म प्रदान गर्ने दातालाई सम्मान, पाँचौं दिन अन्तर मावि. नृत्य प्रतियोगिता र ५ हजार १ देखि १० हजार रुपैयाँसम्मका दातालाई सम्मान, छैठौं दिन अभिभावकवर्गको खेलकुद र १० हजार १ देखि २५ हजार रुपैयाँसम्मका दातालाई सम्मान र समापनका दिन ७ गते पूर्व प्रधानाध्यापकहरु., पूर्व अभिभावक, व्यवस्थापन समितिका पूर्वअध्यक्ष लगायतलाई सम्मानका साथै जेहेन्दार विद्यार्थीलाई ५ हजार रुपैयाँ प्रदान गरेर प्रोत्साहन गरिने र बृहत् सांस्कृतिक उत्सवका साथ समापन गरिने प्रधानाध्यापक पाख्रिनले जानकारी दिनुभयो ।
कक्षा– १ देखि १२ सम्म नेपाली र अंग्रेजी दुबै माध्यमबाट पढाइ हुने हल्दिबारी माध्यमिक विद्यालयमा हाल १३२० जना विद्यार्थी अध्ययनरत छन् भने शिक्षक एवम् कर्मचारीसमेत गरी ५३ जना सेवारत रहेका छन् । विद्यालयमा प्राविधिक शिक्षाको बाली विज्ञान विषय पनि पढाइ भइरहेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारहल्दिबारी माविमा स्वर्ण महोत्सव, दाताहरुलाई सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img