HomeFeatured 2झापामा सञ्चालित म्यानपावर कम्पनीको गतिविधि शंकास्पद

झापामा सञ्चालित म्यानपावर कम्पनीको गतिविधि शंकास्पद

भद्रपुर २६ मंसीर । राष्ट्रिय महिला आयोगको अगुवाइमा भद्रपुरमा वैदेशिक रोजगारमा संलग्न महिलाहरूको सुरक्षित मर्यादित सेवाको सुनिश्चितताका लागि सरोकारवाला निकायसित छलफल तथा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ ।
राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्काको प्रमुख आतिथ्यमा छलफल तथा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो ।
कार्यक्रममा सहभागी पीडित महिलाहरूले वैदेशिक रोजगारीमा गएर ठगिनु पर्दाको पीडा सुनाउँदै ठकलाई कारवाही नभएकोमा आपत्ति उठाएका थिए । उनीहरूले श्रम तथा रोजगार विभागकै कर्मचारीका कारण न्याय पाउन नसकेको भन्दै म्यानपावर कम्पनीका अवैध काम रोक्न माग समेत गरेका छन् ।
सो कार्यक्रममा झापामा कानुनी रूपमा सञ्चालनमा रहेका भनिएका १० वटा म्यानपावर कम्पनीलाई जवाफदेही वनाएर श्रम तथा रोजगार कार्यालयले बोलाएको भए पनि कुनै पनि म्यानपावरका सञ्चालन नआएपछि सर्वत्र विरोध समेत भएको थियो ।
कार्यक्रममा झापामा सञ्चालनमा रहेका म्यानपावर कम्पनीको गतिविधि शंकास्पद भएको भन्दै राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेलले शुस्म रूपमा अध्ययन गरेर विवरण तयार पार्न झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल तथा श्रम कार्यालय प्रमुखलाई निर्देशन समेत दिएकी छिन् ।
सदस्य पौडेलले राजनीतिक दल भित्र देश र नागरिकप्रति जवाफदेहिता नरहेकै कारण स्वदेश छोडेर विदेश जान बाध्य नेपाली युवा युवती दलाल र ठगको पञ्जामा परेको भन्दै सचेत रहन सवैलाई अनुरोध समेत गरेकी छिन् ।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले वैदेशिक रोजगारी दिगो समाधान नभए पनि तत्कालको वेरोजगारी समस्या हल गर्न सफल भएकाले मर्यादित बनाउन कानुनी बाटो रोज्ने वातावरण आवश्यक रहेको बताएका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2झापामा सञ्चालित म्यानपावर कम्पनीको गतिविधि शंकास्पद
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img