Homeसमाचारभद्रपुर नगरको अग्रसरतामा भद्रपुर गोल्डकप सञ्चालन हुने

भद्रपुर नगरको अग्रसरतामा भद्रपुर गोल्डकप सञ्चालन हुने

भद्रपुर २६ मंसीर। झापा सदरमुकाम समेत रहेको भद्रपुर स्थित मेची रंगशाला केही वर्षयता खेलविहिन हुँदै गएपछि पहिलो पटक भद्रपुर नगर सरकारले भद्रपुर गोल्डकप सञ्चालन गर्ने भएको छ ।
भद्रपुर नगरपालिकाको संरक्षणमा पहिलो पटक ‘ए’ डिभिजन क्लबहरूको सहभागितामा भद्रपुर गोल्डकप सञ्चालन गर्न लागिएको हो ।
यस आर्थिक वर्षको नगरपालिकाको नीति तथा कार्यक्रममा समावेश गरिएको भद्रपुर गोल्डकपलाई सफल बनाउन नगरपालिकामा सर्वपक्षीय छलफल गरिएको थियो ।
सो छलफलबाट युवा उद्योगी दीपेश ढकालको अध्यक्षतामा भद्रपुर गोल्डकप मूल आयोजक समिति गठन भएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा आदित्य पराजुली, महासचिव जीवनकुमार श्रेष्ठ, सचिवमा टहलदास मैनाली, कोषाध्यक्षमा गणेश राजभण्डारी र सहकोषाध्यक्ष अजय साहेवालालाई निर्विरोध चयन गरिएको छ ।
त्यस्तै सदस्यहरूमा कुमार श्रेष्ठ, अनिल सुब्बा, योगेन्द्र पौडेल, पुनम सुब्बा, कविता गुरुङ, दिलिप भुइमाली, टेकमान गुरुङ र गम्भीर राई चयन भएका छन् ।
यस्तै सल्लाहकार समितिमा ओमप्रकाश सरावगी, चण्डीराज ढकाल, विज्ञानराज शर्मा, टिकाराज ढकाल, विनोद बस्नेत, विमल आचार्य, केशवराज पाण्डे, दिनबन्धु गोयल, वसन्त बानिया, धर्म सिवाकोटी, प्रशान्त भण्डारी, यामबहादुर श्रेष्ठ र नवराज पनेरु रहेको योगेन्द्र पौडेललले जानकारी दिए ।
भद्रपुर गोल्डकप सञ्चालन बारे भद्रपुर नगर प्रमुख गणेश पोखरेल सुनसान मेची रङ्गशालाको पुनर जीवनका लागि नगर सरकारको अग्रसरतामा निरन्तर खेलको वातावरणका लागि नीतिगत रूपमा नै काम सुरू गरेको जानकारी दिएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभद्रपुर नगरको अग्रसरतामा भद्रपुर गोल्डकप सञ्चालन हुने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img