Homeसमाचारचन्द्रगढीमा महाकवि देवकोटाको शालिक अनावरण

चन्द्रगढीमा महाकवि देवकोटाको शालिक अनावरण

भद्रपुर ७ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मोत्सवको अवसर पारेर भद्रपुर ९ चन्द्रगढीमा शालिक अनावरण गरिएको छ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको लगानीमा मेची राजमार्गसित गासिएको ऐलानी जग्गामा निर्मित पार्कसहित देवकोटाको अर्धकदको शालिक अनावरण गरिएको हो । शालिकको नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति गंगाप्रसाद उप्रेतीले अनावरण गरेका हुन् ।
सोही स्थानमा वि सं २०५१ सालमा मेची राजमार्गको बीचमा स्थापना गरिएको शालिक २०७८ भदौ १४ गते अज्ञात समूहले तोडफोड गरी क्षति पुर्याएको थियो । राजमार्गको मापदण्ड अनुसार सडकको बीचका संरचना हटाइनु पर्ने नियम अनुसरण गर्दै वन समितिले नजिकै जोडिएको पैनीको ऐलानी जग्गामा आकर्षक फूलवारी सहित २४ लाख ७३ हजार ७४६ रूपैयाँको लगतमा निर्माण सम्पन्न गरिएको निर्माण प्रतिवेदनमा उल्लेख छ ।
निर्माण समिति संयोजक तथा चन्द्रगढी वन उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराईको सभापतित्व तथा नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अग्रज पत्रकार चन्द्र भण्डारी, साहित्यकार तथा प्राज्ञ सभा सदस्य सुभद्रा अर्याल, साहित्यकार पुण्यप्रसाद खरेलले मन्तव्य राख्दै देशको पहिचान भाषा र साहित्य रहेको भन्दै सर्जकको सम्मानले भाषा र साहित्यको उत्थानमा टेवा पुग्ने धारणा राखेका थिए ।
कार्यक्रममा ज्येठ नागरिक देवराज खतिवडा, सुकबहादुर मगर, लवडकुमारी पोखरेल लगायत ५ जना अग्रजलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो भने बाल कविता प्रतियोगितामा उत्कृष्ट हुने बाल कविहरूलाई नगद सहित पुरस्कृत समेत गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारचन्द्रगढीमा महाकवि देवकोटाको शालिक अनावरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img