बिर्तामोड ७ कात्तिक । झापाको बिर्तामोडमा पहिलो पटक कुकुरको सामुहिक पूजा गरिएको छ ।

शुरुवाती कोठा नेपालका अध्यक्ष दिपक दासको अध्यक्षता तथा पत्रकार उमाकान्त खनालको प्रमुख आतिथ्यतामा सम्पन्न सामुहिक कुकुर पूजा कार्यक्रमको संयोजन शुरुवाती कोठा नेपालले गरेको थियो ।



यमपञ्चकको दोस्रो दिन यमदुतका रुपमा रहेको भैरबको बाहान कुकुरको पूजा गर्ने परम्परागत प्रचन अनुसार नै कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष दासले बताए ।


कृति भट्टराईले सञ्चालन गरेको कार्यक्रममा सुमन शर्मा जमरकट्टेलले स्वागत, समिप अधिकारीले औचित्यमाथि प्रकाश पारेका थिए भने सडक कुकुरलाई खाना खुवाउँदा आफूले गाली खानु परेको भन्दै बिर्तामोड ४ कि रेखा बास्तोलाले गुनासो गरिन् ।


































































































