Homeसमाचारछठ महिला मञ्चको तीज सम्पन्न

छठ महिला मञ्चको तीज सम्पन्न

बिर्तामोड ९ भदौ । छठ महिला मञ्च बिर्तामोडले सामुहिक तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष हेमलता चौधरीको अध्यक्षता तथा समुन्नत नेपाल झापाकी प्रमुख कोपिला बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न नृत्य तथा कविता प्रस्तुत गरिएको थियो । नृत्य प्रस्तुत गर्ने कलाकारहरुलाई प्रोत्साहन स्वरुप विभिन्न सामग्री प्रदान गरिएको थियो ।

No description available.


कार्यक्रममा प्रमुख अतिथि बस्नेत, विशेष अतिथि तथा बिर्तामोड उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष कुमार भट्टराई, छठ सेवा समाजका अध्यक्ष राजकुमार गुप्ता, संगिता रौनियार, साना मझौला साकोसकी अध्यक्ष देविका बस्नेत, महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा, महिला चेम्बर झापाकी अध्यक्ष प्रेमा भट्टराई, पत्रकार लिला अनमोल, लायन गोल्डेन ग्रुपका अध्यक्ष गंगा श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उपाध्यक्ष संगिता साहले स्वागत गरेको कार्यक्रममा औचित्यमाथि उपाध्यक्ष अनिता गुप्ताले प्रकाश पार्नुभएको थियो ।
महासचिव निसा कर्णले सञ्चालन गरेको कार्यक्रममा पिङ्की रौनियारले कविता वाचन गर्नुभएको थियो भने छठ महिला मञ्चका सल्लाहकार आमाहरु, आर्या, सिया ग्रुपमा आवद्ध बालबालिकाहरुको नृत्य प्रस्तुती रहेको कार्यक्रममा सहित अन्य बालिका तथा महिलाहरुले नृत्य प्रस्तुत गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारछठ महिला मञ्चको तीज सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img