HomeFeatured 2जिल्लास्तरीय खेलाडी छनौट जारी, फुटबल, बास्केटबल, पौडी, सेपाक्ताक्रो, टेबलटेनिस, ब्याडमिन्टनका खेलाडी छानिए

जिल्लास्तरीय खेलाडी छनौट जारी, फुटबल, बास्केटबल, पौडी, सेपाक्ताक्रो, टेबलटेनिस, ब्याडमिन्टनका खेलाडी छानिए

भद्रपुर ९ भदौ । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय प्रतियोगिताका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनौटको क्रम जारी छ । यद्यपी केही खेलका खेलाडीहरु भने छनौटमा परिसकेका छन् ।
आयोजक जिल्ला खेलकुद विकास समितिका अनुसार बिहीबारसम्ममा थप खेलका खेलाडी छनौट भएका हुन् ।
फुटबलतर्फ पुरुष टिममा देवान भुजेल र विकल्प पौडेल गोलकिपरका रुपमा छनोट भएका छन् भने फरवार्डमा प्रदीप बुढाथोकी, अभिषेक श्रेष्ठ, समुएल तामाङ र शान्तिराम बस्नेत, मिडफिल्डरमा मिलन राई, सौगात गोम्देन, सुरज नेम्बाङ र जेम्स लिम्बू तथा डिफेन्समा विकास राई, प्रमोद चौधरी, दिनेश मुर्मु, दिवस उराउ, कृष्ण गिरी र पेमा तामाङ छनोट भएको फुटबलका संयोजक भगिरथ आलेले जानकारी दिनुभयो । महिलातर्फ गोलकिपरमा रञ्जु राजवंशी र जसोदा लावती, फवार्डमा ममता राउत, लक्ष्मी श्रेष्ठ, रोशिका राय, मिडफिल्डरमा गंगामाया राई, सञ्जना राई, मुना भुजेल र सकुन्तला राई तथा डिफेन्समा छत्रिका चौधरी, सुस्मिता चौधरी, ईश्वरी राई, शिवानी भुजेल, सरस्वती दाहाल र वर्षा मगर छनौट भएका छन् ।
बास्केटबल अन्तर्गत महिलातर्फ उपासना क्षेत्री, विपासना बजगाईं, निष्मा कार्की, सुष्मा दाहाल, सपना मावो, प्रतिमा घिमिरे, आशा गुरुङ, ओसिन तामाङ, सोनिया कन्दङ्वा, इन्दू लिम्बू, पूनम लिम्बू र मेनुका भुजेल छनौट भएका छन् भने पुरुषतर्फ प्रतिक गोम्देन, सौगात विश्वकर्मा, उत्सव राजभण्डारी, लवकुमार गजमेर, नियारा लिम्बू, रोनल शाक्य, सुदान्सु लिम्बू, नइनम लिम्बू, किशोर कन्दङ्वा, निमा दोर्जे मोक्तान, रोशित श्रेष्ठ, रोदन गुरुङ, सुरजकुमार मैनाली, सरन्द नयौपाने, मौसम विश्वकर्मा, शम्शेर हाङ लिम्बू, सन्दीप लुइँटेल र नुनम कन्दङ्वा छनौट भएको प्रशिक्षक प्रकाश लिङदेनले जानकारी दिनुभयो ।
ब्याडमिन्टनतर्फ पुरुषमा नविन सिलवाल, चाणक्य पाठक, जुनुन राई, नितेश न्यौपाने र सविन अधिकारी छनौट भएका छन् भने महिलामा दिलकुमारी सुब्बा र जसमाया राई चयन भएको खेल संयोजक हरिप्रसाद तिम्सिनाले जानकारी दिनुभयो ।
पौडीमा पुरुषतर्फ सुरेश राजवंशी, प्रारम्भ भण्डारी र जीगडेल लामा तथा महिलातर्फ परिधि भण्डारी र युडेन तामाङ छनोट भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव विष्णुकुमार नेम्बाङले जानकारी दिनुभयो ।
त्यसैगरी, सेपाक्ताक्रो खेलका लागि पुरुषतर्फ गंगाबहादुर राजवंशी, सुशिल विक, कुशल मण्डल, दीपु राजवंशी र रञ्जित राजवंशी छनोट भएका छन् भने महिलातर्फ दिपिका वस्नेत, निलम राई, रीता लिम्बू, लुङमा इधिंगो र सिना इधिंगो छनौट भएको प्रशिक्षक अर्जुन लम्सालले जानकारी दिनुभयो ।
तेक्वान्दोमा पुरुषतर्फ आइतराज लिम्बू, मनिष रुेष्ठ, विक्रम श्रेष्ठ, श्याम राई, मिसन श्रेष्ठ, सौरभ मोदक, रोशन मगर, सन्देश दर्जी र दिवस मगर तथा पुरुष प्याटर्नतर्फ अनमोल लिम्बू, सक्षम आचार्य, अभिषेक राई र मिसन श्रेष्ठ छनोटमा परेका छन् भने महिलातर्फ प्रतिमा धिमाल, दिव्या राई, मुवि राई, निशा ताजपुरिया, पार्वती राजवंशी र आइसा तामाङ तथा महिला प्याटर्नतर्फ सेन्कु तामाङ, बन्दना श्रेष्ठ, जानुकार तामाङ र पार्वती राजवंशी छनौटमा परेको समितिका प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिनुभयो ।
यसैगरी, ब्याडमिन्टनका लागि पुरुषतर्फ निशान खड्का, देउकुमार तामाङ, संगम मगर सौगात मैनाली र सुलभ राई तथा महिलातर्फ सारिका राई छनौटमा परेको कोच प्रकाश राईले जानकारी दिनुभयो ।
बिहीबार विहान खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारीले शुभारम्भ गर्नुभएको करोतेको कातातर्फ पुरुषमा एलन लामा र महिलामा लीला श्रेष्ठ छनोट भइसकेका छन् भने कुमुतेतर्फको खेलहरु जारी रहेको प्रशिक्षककालु मेचेले जानकारी दिनु भयो ।
शुक्रबारसम्म सञ्चालन हुने छनोट प्रतियोगिताका सबै २७ खेलको नतिजा अपरान्हसम्म आइसक्ने र सबै नतिजा आएपछि समापन गरिने समितिकी उपाध्यक्ष गंगा कोइरालाले जानकारी दिनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2जिल्लास्तरीय खेलाडी छनौट जारी, फुटबल, बास्केटबल, पौडी, सेपाक्ताक्रो, टेबलटेनिस, ब्याडमिन्टनका खेलाडी छानिए
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img