HomeFeatured 2कांग्रेसले तोक्यो पालिकामा प्रतिनिधि

कांग्रेसले तोक्यो पालिकामा प्रतिनिधि

विर्तामोड ९ भदौ । नेपाली कांग्रेस केन्द्रीय समितिले भदौ १० गतेबाट तीनचरणमा सञ्चालन गर्न लागेको ‘जनतासँग कांग्रेस’ अभियान झापामा सफल एवं ब्यवस्थित रुपमा सञ्चालन गर्न नेपाली कांग्रेस झापाले १५ वटा स्थानीय पालिकामा ३८ जना प्रतिनिधि तोकेको छ ।
नेपाली कांग्रेस झापाको आयोजनामा बिहीबार पार्टी कार्यालयमा पार्टी सभापति देउकुमार थेवेको सभापतित्वमा आयोजित विस्तारित बैठकले अभियान अन्तर्गत पहिलो चरणमा राजनीतिक, सामाजिक, राजनीतिक, सामाजिक, मतदाता संवाद, विकास संवाद, युवा संवाद, महिला संवाद, दलित समुदायसँग संवाद, क्रियाशील सदस्यहरुसँग संवाद लगायतका कार्यक्रमहरु वडा एवं टोलकेन्द्रित गर्ने निर्णय गर्दै नगरपालिकामा ३ जना र गाउँपालिकामा २ जना जिल्ला प्रतिनिधि तोकेको हो । आगामी मंसिर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले अभियान सञ्चालन गर्न लागेको हो ।


नगरपालिकाअन्तर्गत मेचीनगरमा रमेश दाहाल, गंगा संग्रौला र नरेश महरा, विर्तामोडमा पार्वता गिरी, पुष्पलाल चौधरी र एम.डी. सर्फराज शेख, अर्जुनधारामा सरस्वती सिटौला, बाबुराम बुढाथोकी र पम्फा विश्वकर्मा, भद्रपुरमा भक्त खवास, रमेश पोखरेल र पुष्पाकुमारी भट्टराई, कनकाईमा लिलाप्रसाद चिमरिया, खगेन्द्र प्रसाई र सूर्य गुरुङ गौरादहमा इश्वरकुमार खत्री, चिरञ्जीवी दाहाल र रविन्द्र ढुङ्गाना, दमकमा राजु तामाङ, रिता पालुङवा र राजकुमार गौतमलाई जिल्ला प्रतिनिधि तोकिएको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो ।
यसैगरी गाउँपालिका अन्तर्गत बुद्धशान्तिमा लिला ढकाल र गितादेवी ढुङ्गाना, कचनकबलमा रुद्रमणि दाहाल र गिता ओडारी खरेल, हल्दिबारीमा निराजन दाहाल र कुमारी थापा शिवाकोटी, बाह«दशीमा लेखराज सुवेदी र तारा कार्की, झापामा अनिता के.सी. र दुर्गाप्रसाद सिटौला, कमलमा सरस्वती सेढाई र शेरबहादुर श्रेष्ठ एवं गौरीगञ्जमा दिपक गड्तौला र हेमा आचार्यलाई प्रतिनिधि तोकिएको पार्टी सचिव नवीन विमलीले जानकारी दिनुभयो ।
तोकिएका प्रतिनिधि एवं मातहतका समितिहरुले गरेका कार्यक्रमहरुको प्रभावकारिता मूल्याङ्कनका लागि पार्टी सभापति थेवेको संयोजकत्वमा ६ सदस्यीय अनुगमन समिति पनि गठन गरिएको छ । समितिका सदस्यहरुमा उपसभापतिद्वय शेरबहादुर भटराई र केशवराज पाण्डे, सचिवद्वय हुमागाई र विमली एवं पूर्व उपसभापति राम कट्टेल सदस्य रहेको कार्यालय सचिव जयकुमार दाहालले बताउनुभयो ।
पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा, अभियानका लागि केन्द्रीय प्रतिनिधि एवं कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला, केन्द्रीय सदस्यहरु महेन्द्राकुमारी सुब्बा, गोमा भट्टराई, पूर्व सांसद लगायत प्रदेश नं–१ का कार्यसमिति सदस्यहरु, पार्टीका पदाधिकारी सदस्य, क्षेत्रीय, प्रदेश क्षेत्रीय, गाउँ–नगर सभापतिहरु, भातृ तथा शुभेच्छुक संघसंस्थाका अध्यक्षहरुको सहभागिता रहेको विस्तारित बैठकले चन्द्रगढीस्थित वी.पी. स्मृति प्रतिष्ठानलाई ब्यवस्थित रुपमा सञ्चालन गर्न जिल्ला सदस्य भक्त खवासको संयोजकत्वमा ३ सदस्यीय प्रतिनिधि चयन गरेको छ ।
रमेश पोखरेल र डम्बर बन सदस्य रहेको उक्त प्रतिनिधि मण्डलले क्षेत्र नं १ र ३ मा रहेका पार्टीका जिल्ला पदाधिकारीहरु, र क्षेत्रीय सभापतिहरुसँग समन्वय गरी कार्य सम्पादन गर्ने जिम्मेवारी तोक्दै आगामी भदौ २४ गते वी.पी. जयन्ती कार्यक्रमको तयारी गर्ने बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कांग्रेसले तोक्यो पालिकामा प्रतिनिधि
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img