Homeसमाचार‘एक्ला–एक्लै लडे कांग्रेस ठूलो पार्टी बन्छ’–शर्मा

‘एक्ला–एक्लै लडे कांग्रेस ठूलो पार्टी बन्छ’–शर्मा

विर्तामोड ९ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न निर्वाचनमा सबै दल एक्लाएक्लै प्रतिष्पर्धामा उत्रिए नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने दावी गर्नुभएको छ ।
नेपाली कांग्रेस झापाद्वारा आयोजित विस्तारित बैठकलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै महामन्त्री शर्माले सरकारमा रहेका दलहरुबीच चुनावी तालमेल नभए बाम गठबन्धन हुने हुँदा चुनावी एकता गनुपरेको बताउनुभयो ।
निर्वाचनमा कुनै दलले बहुमत प्राप्त गरेर सरकार बनाएपनि संसदबाट ऐन एवं विधेयक पारित गर्न कठिनाई हुने हुँदा पनि गठबन्धन आवश्यक रहेको उहाँको भनाई छ ।
कांग्रेस केन्द्रीय कार्य समितिको निर्णय अनुसार भदौ १० गतेबाट देशभर एकैसाथ सञ्चालन हुन लागेको ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालनका क्रममा टोल केन्द्रित भएर कार्यक्रम गर्न निर्देशन दिदै नेता शर्माले सो क्रममा जनगुनासो सुन्दै कांग्रेस नेतृत्वको सरकारले गरेका कामको ब्यापक प्रचार गर्न पनि प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।
‘ओलीको दोधारे चरित्र, जनता दिग्भ्रमित’–डा. संग्रौला
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीको दोधारे चरित्रले जनतालाई दिग्भ्रमित बनाएको आरोप लगाउनुभएको छ ।
नेपाली कांग्रेसले भदौ १० गतेबाट देशभर एकैसाथ सञ्चालन गर्न लागेको ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि केन्द्रीय प्रतिनिधिको रुपमा झापा आइपुग्नुभएकी डा. संग्रौलाले नागरिकता सम्बन्धी विधेयकमा पनि ओलीले दोधारे चरित्र देखाएको दावी गर्नुभयो ।
के.पी. ओली नेतृत्वको सरकारकै पालमा बंशजको आधार, अंगिकृत नागरिकता सम्बन्धी अहिलेकै प्रावधान राखेर संसदमा विधेयक प्रस्ताव भएको दावी गर्दै सांसद समेत रहनुभएकी संग्रौलाले अन्य थुप्रै समसामयिक राजनीतिक विषयमा पनि एमालेले दोहोरो चरित्र देखाएको दोहो¥याउनुभयो ।


संसद विघटन जस्तो गम्भीर विषयलाइ विना छलफल स्वीकृत गर्ने राष्ट्रपतिले दुवै सदनले पारित गरिसकेको नागरिकता सम्बन्धी विधेयक पुनः संसदमा फिर्ता पठाएर गल्ती गरेको टिप्पणी गर्नुभयो ।
नेपाली कांग्रेसले आफू सरकारको नेतृत्वमा रहँदा स्वास्थ्य वीमा, सामाजिक सुरक्षा भत्ता, दीर्घरोगीको स्वास्थ्य परीक्षण र उपचारमा छुट, सरकारका पूर्व विशिष्ठ ब्यक्तिहरुलाई दिइदै आएको सुविधा कटौती जस्ता थुप्रै लोकप्रिय कार्यक्रम गरेको नेता संग्रौलाले बताउनुभयो ।
विगतका निर्वाचनहरुमा झापामा देखिएको पार्टीभित्रको अन्तरद्र्वन्द्व पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र वर्तमान महामन्त्री विश्वप्रकाश शर्माको भावनात्मक एवं कार्यगत एकताले अन्त्य हुने बताउँदै उहाँले सहकार्य, एकताका लागि समन्वय गर्न समेत दुवै नेतालाई आग्रह गर्नुभयो ।


पार्टीको आधार स्तम्भ वार्ड र टोल भएको बताउँदै उहाँले अहिलेको अभियानमा जिल्लास्तरका सभा–समारोह भन्दा पनि वडा र टोल केन्द्रित कार्यक्रम गर्न उहाँको आग्रह थियो ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्व र सचिव कृष्ण हुमागाईको सञ्चालनमा सम्पन्न विस्तारित बैठकमा कांग्रेस केन्द्रीय सदस्यहरु, पूर्व सांसदहरु, पार्टीका पदाधिकारी–सदस्य, पूर्व पदाधिकारी–सदस्य, क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय, गाउँ–नगर सभापतिहरु, भातृ एवं शुभेच्छुक संघसंस्थाका अध्यक्षहरुको सहभागिता रहेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार‘एक्ला–एक्लै लडे कांग्रेस ठूलो पार्टी बन्छ’–शर्मा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img