भद्रपुर ८ भदौ । बिषादी न्युनीकरण गर्दै जैविक कृषि पद्धती संचालन गर्ने उद्देश्यले झापाको भद्रपुर ९ मा आइपीएम पाठशालाको कक्षा सञ्चालन गरिने भएको छ ।
कृषि ज्ञान केन्द्र झापा तथा चन्द्रगढी सामुदायिक बन उपभोक्ता समुहको सहयोगमा एकता मुल कृषि सहकारी संस्था भद्रपुरले बुधबार घोडामारस्थित शिवलाय मन्दिरमा आयोजित कार्यृक्रमका बीच पाठशालाको उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै सहभागिहरुले परम्परागत खेतीलाई आधुनिकीकरण गर्दै कृषि उत्पादन गर्नु पर्नेमा जोड दिए ।
कृषि उत्पादनमा गरिने बिषादी प्रयोगका कारण मानव स्वास्थ्यमा नकारात्मक असर परेको बताउदै जैबिक बिषादी प्रयोग गरी कृषि उत्पादन गर्नुपर्ने उनीहरुको धारणा थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा भद्रपुर नगारपालिकाका प्रमुख गणेश पोखरेलले नगरपालिकाले बिषादीरहित कृषि उत्पादनलाई पहिलो प्राथामिकता दिएको बताउनु भयो । नगरपालिकाले कृषकलार्इृ प्रोत्साहन गर्न नगरपालिकाले यसै आर्थिक वर्षदेखि पशु सुत्केरी भत्ता दिने अवधारणा ल्याएको बताउनु भयो ।
बिषादीरहित कृषि उत्पादनमा गर्न संचलान गरिएको आइपीएम पाठशाला अभियानको विकास गर्दै कृषि व्यवसायलाई उत्पादनमुखि व्यवसायको रुपमा लिनुपर्ने उहाँको भनाई थियोे । पाठशाला संचालन गर्न नगरपालिका प्रतिबद्ध भएर लाग्ने समेत बताउनु भयो ।
ज्ञान केन्द्रका प्रमुख सागर विष्टले विषादीरहित उत्पादन आजको प्रमुख आवश्यकता रहेको बताउदै पाठशाला संचालन गर्न कृषि ज्ञान केन्द्रले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा भद्रपुर ९ का वडाध्यक्ष राम दाहालले वडालाई कृषिको पहिलो चरणमा खोर्सानी उत्पादनबाट आत्मनिर्भर वडा बनाउन आफुहरु लागि परेको जानकारी दिनुभयो ।
चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुह अध्यक्ष दुर्गाप्रसाद भट्टराईले, वनमा कुहिएर जाने झारपात, पातपतिङ्गगर जम्मा गरेर जैविक कम्पोष्ट मल बनाउन सकिने बताउदै सबै कृषकले जैविक मल उत्पादन गर्न चाहेमा वन समुहले सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा बालीसंरक्षण अधिकृत रामजगन यादव, नगर कृषि शाखा प्रमुख मन्दिरा श्रेष्ठ , अग्र्यानिक कषि अभियान्ता भीम कुंवर लगायतले बोल्दै कृषिमा बिषादी उत्पादनलाइृ बन्द गरी बिषादीरहित कृषि व्यवसायलाई दीर्घकालिन रुपमा लैजानु पर्नेमा जोड दिनुभयो ।
पाठशाला समिति संयोजक ईश्वर पोखरेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको अध्यक्षता हरिप्रसाद पराजुली र संचालन कृषि समुह सचिव युवराज ढकालले गर्नु भएको थियो ।
पाठशाला १६ देखि १८ हप्तासम्म चल्ने छ र कृषि समुह सहकारीका कृषकहरुले विद्यार्थीका रुपमा सहभागिता जनाउने छन् । पाठशालामा कृषि ज्ञान केन्द्र झापाका प्राविधिकहरुले सेवा प्रवाह गर्ने छन् । पाठशालामा सैद्धान्तिक र व्यवहारिक दुवै पद्धतीको सिकाई हुनेछ ।
कृषिमा जैविक पद्धति लागू गर्ने उद्देश्यले भद्रपुरमा आइपीएम पाठशाला शुरु

































































































