HomeFeatured 2तीजको अवसरमा लायन्स लेडीद्वारा दृष्टि विहीनलाई ब्रेली पेपर प्रदान

तीजको अवसरमा लायन्स लेडीद्वारा दृष्टि विहीनलाई ब्रेली पेपर प्रदान

बिर्तामोड ८ भदौ । लायन्स क्लब अफ बिर्तामोड लेडीले झापाका दृष्टि विहीन विद्यार्थीका लागि ब्रेली पेपर प्रदान गरेको छ ।
बिर्तामोडमा आयोजित ब्रेली पेपर प्रदान तथा तीज मिलन कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि तथा संस्थाका अध्यक्षसहितले नेत्रहिन संघ झापाकी अध्यक्ष यशोदा बराललाई उक्त पेपर हस्तान्तरण गरेको हो ।

No description available.


लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष नम्रता रिजाल ढकालको अध्यक्षता तथा लायन्सका एसिया चिफ सत्यनारायण साहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा प्रमुख अतिथि साह, विशेष अतिथि तथा युएसस्थित टेरी मिकेस्का फाउण्डेसनका टेरी मिकेस्का, जोन चियर पर्सन राजेस दाहाल, लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीका अध्यक्ष पार्वता गिरी, सिभिल बैंक विर्तामोड शाखाका प्रतिनिधि प्रमोद सुवेदी, सञ्चारकर्मी रेजिना गौतम, उद्यमशील महिला संघ झापाका अध्यक्ष पार्वता गिरी, लियो क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष सदिक्षा खरेल, नेत्रहिन संघ झापाकी अध्यक्ष यशोदा बराल, लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
उर्मिला विमली खरेलले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा स्वागत उपाध्यक्ष निरु उप्रेती गर्नुभएको थियो भने सञ्चालन इन्दिरा प्रसाई खरेलले गर्नुभएको थियो ।
गंगा भट्टराईले परम्परामा महिलाले भोग्नु परेको कथाव्यथा समेटिएको कविता वाचन गरेको औपचारिक कार्यक्रमपछि तीजको दर खाने तथा नाच्ने कार्यक्रम सम्पन्न भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2तीजको अवसरमा लायन्स लेडीद्वारा दृष्टि विहीनलाई ब्रेली पेपर प्रदान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img