Homeसमाचारबिर्तामोडको फोहोर नीजि जग्गामा व्यवस्थापन गरिने

बिर्तामोडको फोहोर नीजि जग्गामा व्यवस्थापन गरिने

बिर्तामोड २९ साउन । बिर्तामोड नगर क्षेत्रभित्र उत्सर्जन हुने फोहोर तत्कालका लागि वडा नम्बर ८ स्थित हर्चनामा रहेको सुरेन्द्र नेपालको नीजि जग्गामा व्यवस्थापन गरिने भएको छ ।
बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महताराको अध्यक्षतामा आज बसेको सर्वदलिय बैठकले नेपालको जग्गामा व्यवस्थितरुपमा खाल्डो खनेर फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको हो । बैठकले उक्त जग्गामा फोहोर व्यवस्थापनका लागि सबै राजनीतिक दल,स्थानीयवासी तथा सरोकारवालाहरुले आवश्यक सहयोग र समन्वय गर्ने निर्णय गरेको छ । बैठकले फोहोर विर्सजन स्थलमा फोहोर लाने सडक स्तरोन्नती गर्ने, तटवन्धन गर्ने र सडक वत्ति जडानका लागि नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्न सिफारीस गर्ने समेत निर्णय गरेको छ ।
यस्तै वैठकले वडा नम्बर ७मा रहेको सुन्दर निचाझोडा वन क्षेत्रमा रहेको खाली जग्गमासमेत वृक्षारोपण गरी फोहोर व्यवस्थापन गर्न सम्भाव्यता अध्ययन गर्न नगरपालिकालाई सिफारिस गर्ने निर्णय गरेको छ ।बैठकले बिर्तामोडको फोहोर व्यवस्थापनको दिगो र प्रभावकारी व्यवस्थापनका लागि नगरपालिकाले उपयुक्त स्थानमा आवश्यक जग्गा खोजी तथा प्राप्ती गर्न र कनकाई अर्जुन बिर्तामोड नविकरणिय उर्जा कम्पनि मार्फत फोहोरबाट उर्जा उत्पादन गर्ने कार्यमा साझेदारी हुने मार्गहरु समेत अगाडि बढाउने निर्णय गरेको छ ।
यस्तै बैठकले फोहोरलाई कुहिने र नकुहिनेरुपमा वर्गिकरण गर्न सबै घर परिवार तथा व्यवसायिक संस्थाहरुलाई आव्हान गरी वर्गिकरण नभएको फोहोर संकलन नगर्ने कार्ययोजना बनाएर लागु गर्ने, फोहोर संकलन,ढुवानी र विर्सजन गर्ने कार्यमा अवरोध पुर्याउने,क्षति गर्ने जस्ता अराजक क्रियाकलापहरु भए त्यस्ता व्यक्ति तथा समुहहरुलाई स्थानीय प्रशासन मार्फत बल समेत प्रयोग गरि फोहोर व्यवस्थापन गर्ने र फोहोर व्यवस्थापनका लागि नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा गठन भएको समितिमा सबै राजनीतिक दलका प्रमुख वा प्रतिनिधिहरु समेतको प्रतिनिधित्व हुनेगरी पुर्नगठन गर्ने निर्णय गरेको छ ।
बैठकमा नगरप्रमुख पवित्रा महतारा प्रसाई, प्रदेश १ सांसद एकराज कार्की, नगरउपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, नेकपा एमाले प्रदेश कमिटी सदस्य रोमणी भट्टराई, नेकपा एमाले बिर्तामोड नगरकमिटि अध्यक्ष सुवास भट्टराई, नेकपा एमाले बिर्तामोड नगरकमिटी इन्चार्ज देवराज कार्की, नेपाली कांग्रेस बिर्तामोडका कार्यवहाक सभापति तथा वडा नम्बर ६का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, नेकपा माओवादी केन्द्रका बिर्तामोड नगरकमिटी अध्यक्ष मोहन सुव्वा, राप्रपा बिर्तामोड नगरसमिति अध्यक्ष रञ्जु प्याकुरेल, नेकपा एसका श्रीप्रसाद सिटौला, लोसपाका बिर्तामोड अध्यक्ष लखनलाल राजवंशी लगायत वडाध्यक्ष तथा विभिन्न पार्टी र संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
जग्गाधनिसंग सहमति भईसकेकाले बिर्तामोडको फोहोर भोली देखि नै उठाइने तयारी रहेको नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोडको फोहोर नीजि जग्गामा व्यवस्थापन गरिने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img