बिर्तामोड २८ साउन । उद्यमशिल महिला संघ झापाको अध्यक्षमा पुनः पार्वता खरेल विमली चयन हुनु भएको छ ।
संघको शनिबार बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको हलमा सम्पन्न तेस्रो अधिवेशनले पुनः तेस्रो कार्यकालका लागि विमलीलाई अध्यक्षमा चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा निरमाया पुलामी, प्रथम उपाध्यक्ष ऐश्वर्या पाण्डे, द्वितीय उपाध्यक्ष देवीमाया पोखरेललाई चयन गरेको छ । त्यस्तै महासचिवमा यशोदा प्रसाई भट्टराई पुनः दोहोरिनु भएको निर्वाचन समितिका सदस्य भीमा शिवाकोटीले जानकारी दिनुभयो ।

भेलाले समितिको सचिवमा चन्द्रा पोखरेल, कोषाध्यक्षमा शुशिला पाठकलाई चयन गरेको छ ।
१७ सदस्यीय कार्यसमितिको सदस्यहरुमा मुना पौडेल, उमा प्रसाई, दुर्गा पौडेल, चन्द्रकला रिजाल, विमला न्यौपाने, अर्चना बुढाथोकी, निरा न्यौपाने कट्टेल, बिना थापा, संगिता चिमरिया र कमला प्रसाई रहेका छन् ।
संघको आजै पाँचौं बार्षिक साधारणसभा समेत सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनगर १४ निवासी महिला उद्यमी निर्मला भण्डारीलाई सम्मान पत्र र दोसल्ला ओढाएर द्वारा सम्मान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन शत्रमा प्रमुख अतिथि महतारा, बिर्तामोड नगरपालिका वडा नं.–५ का वडाध्यक्ष रोहित प्रसाई, चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली, इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख रुगमबहादुर कुँवर, एबिसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौला, सावित्रा दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यशोदा प्रसाईले सञ्चालन गरेको कार्यक्रममा स्वागत निरमाया पुलामीले गर्नुभएको थियो ।

































































































