झापा २९ साउन । नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति तथा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य लोकराज ढकाललाई मातृ शोक परेको छ । अध्यक्ष ढकालकी आमा लक्ष्मीदेवी ढकालको ७६ बर्षको उमेरमा आज अपरान्ह निधन भएको छ । केही समय अघिदेखि क्यान्सर रोगबाट पिडित हुनु भएकी लक्ष्मीदेवीको आज अपरान्ह ४ः५० बजे मेचीनगर १४ दुवागढीस्थीत आफ्नै घरमा निधन भएकाे पारिवारिक स्राेतले जनाएको छ । लक्ष्मीदेवीका दुई छोरा मध्ये कान्छा छोरा होमराज ढकाल नेपाल शिक्षक संघ मेचीनगरका अध्यक्ष हुनुहुन्छ । तीन छोरीहरू हाेमा, विन्दुसहितकी आमा लक्ष्मीदेवीको सोमबार कन्काई नदिमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

































































































