Roshan Bhattarai :.. मेघा बैंक नेपाल लिमिटेड शिवसताक्षी एक्सटेन्सन काउन्टरले २०७५ चैत्र ११ गते सवारी दुर्घटनामा परि मृत्यु भएकी सुजना शेर्माको परिवारलाई नगद रु ७ लाख हस्तान्तरण गरेको छ ।
स्वास्थ्य चौकी शिवगंजकी कर्मचारी शेर्माले केही समय अघि उक्त बैंकमा कर्मचारी बचत खाताखोलेकी थिइन् । कर्मचारी बचत खाता अनुसार खातावालाको आकस्मिक मृत्यु भएमा ७ लाख रकम परिवारलाई हस्तान्तरण गर्ने योजना अन्तर्गत उनलाई असोज १ गते उक्त रकम हस्तान्तरण गरिएको संस्थाका कर्मचारी दिनेश खतिवडाले बताएका छन् ।

बिहिबार शेर्माकी आमा अम्बीका शेर्मालाई कार्यालयमा बोलाएर नगद रु ७ लाखको चेक काउन्टरकी इन्चार्ज पुजा अधिकारीले उनलाई हस्तान्तरण गरेकी थिइन् ।

































































































