विर्तामोड । संविधान दिवसको अवसर पारेर झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्थाले १ दिने निः शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा विर्ता आइकेयरको सहआयोजना तथा प्राविधिक सहयोगमा संस्थाका सदस्यहरुका लागि आयोजित स्वास्थ्य शिविरमा १५० बढीले आँखा परिक्षण गराएका थिए ।

शिविरमा निःशुल्क चश्मा तथा औषधीजन्य सामग्री वितरण गरिएको बताइएको छ । शिविरमा उपचार हुन नसकेका आँखा विरामीलाई विर्ता आइकेयरमा निःशुल्क उपचार गरिएको सहआयोजक संस्थाले जनाएको छ । यसअघि सहकारीकी अध्यक्ष शुष्मा भण्डारीको अध्यक्षता तथा विर्तामोड नगरपालिका वडा नंं–५ का वडासदस्य डिआर कडरियाको प्रमुख आतिथ्यतामा सम्पन्न शिविर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि कडरिया, विर्ता आइकेयरका डा. भवानीप्रसाद पाठक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
व्यवस्थापक खड्कबहादुर थापाले स्वागत गरेको कार्यक्रमको लेखा समिति संयोजक नारायण पराजुलीले सञ्चालन गर्नुभएको थियो ।

































































































