Homeसमाचारसंविधान दिवसमा संविधानसभा सदस्यलाई सम्मान

संविधान दिवसमा संविधानसभा सदस्यलाई सम्मान

विर्तामोड । पाँचौं संविधान दिवसका दिन विर्तामोड नगरपालिकाले विविध कार्यक्रम सम्पन्न गरेको छ ।
नगरपालिकाको आयोजनामा विर्तामोडमा आयोजित कार्यक्रममा संविधान निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै विर्तामोड नगरपालिका क्षेत्रमा बसोबास गर्नुे संविधानसभा सदस्यहरु सुधिरकुमार शिवाकोटी, मनकुमार गौतम र अमृतलाल राजवंशीलाई सम्मान पत्र, दोसल्ला र मायाको चिनोसहित सम्मान गरिएको थियो ।

नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षता तथा राष्ट्रियसभा सदस्य हरिचरण शिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न संविधान दिवस, सम्मान, प्रवचन तथा पुरस्कार वितरण कार्यक्रममा सम्मानितलाई प्रमुख अतिथिसहित प्रदेशसभा संसद एकराज कार्की, जशमाया गजमेर लगायतले दोसल्ला, अविर लगाएर सम्मान गरेका थिए ।


सो अवसरमा नगरपालिकाको आयोजनामा सम्पन्न विद्यार्र्थी जीवनमा आचरण शिक्षाको महत्व विषयक वक्तृत्वकलामा उत्कृष्ट हुने विद्यालयका छात्रछात्रालाई पुरस्कार वितरण गरिएको थियो । जय तिम्सिनाको सञ्चालन र नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईले स्वागत तथा औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, सम्मानितका तर्फबाट सुधिरकुमार शिवाकोटी, प्रदेश सांसद कार्की, राजनीतिक दलका तर्फबाट नेकपाका नगर अध्यक्ष ज्ञानुराम प्रसाई लगायतले शुभकामना मन्तव्य राख्दै लामो संघर्षपछि प्राप्त संविधानको सही कार्यान्वयनमा जोड दिएका थिए ।

यसअघि नगरपालिकाको आह््वानमा सरकारी तथा नीजि तहका विभिन्न संघसंस्थाहरुको सहभागितामा प्रभातफेरी सम्पन्न भएको थियो । झाँकीसहितको प्रभातफेरीले विर्तामोड नगरपालिका परिक्रमा गरेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसंविधान दिवसमा संविधानसभा सदस्यलाई सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img