बाबा (बुबा)–ले आर्ट गरेको बिर्तामोड–४ का नैतृक राजवंशीको बाल नयनले नियाली रहेको थियो ।
त्यसमाथि बाबाले आर्ट गर्नुपर्छ बाबु भनेर प्रेरित गरेपछि उनीको आर्टतर्फको यात्रा प्रारम्भ भयो लगभग ३ वर्ष अघिदेखि ।
६ वर्षको उमेरदेखि नै आर्ट गर्नका लागि कलम समाएका नैतृकले भविष्यमा आर्टिष्ट बन्ने लक्ष्य बनाएका छन् । प्रकृति, जनावरदेखि विश्वमा ख्याती प्राप्त विभिन्न व्यक्तिहरुको चित्र कापीमा उतारेका नैतृकले भने–‘आर्ट गर्न बाबाबाट सिके । शुरुमा बाबाले आर्ट गर्नुपर्छ बाबु भन्नुभयो, त्यो पछि आफैं बानी पर्यो ।’ बाबाले आर्ट सिक बाबु भनेको बेला आफूले पहिलो चित्र नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्य र राजा विरेन्द्रको चित्र बनाएको उनले बताए ।
पहिले पहिले नाच्न रुचाउने नैतृकले आर्टकला सिक्न थालेसंगै आफू भविष्यमा के बन्ने ? भन्ने लक्ष्य पनि फेरिएको उनले बताए । उनले भने–‘पहिले पहिले डान्स गर्थे, त्यो बेला डान्सर बन्छु भन्ने लागेको थियो । अहिले डान्स छोडे उनले थपे–‘समय भयो भने आर्ट गर्न थाल्छु, अब आर्टिष्ट र बाबा जस्तै बिजनेशमेन बन्ने हो ।’
बिर्तामोड–४ स्थित लिटल फ्लावर्स इङ्लिस स्कूलको कक्षा–४ मा पढ्दै गरेका नैतृकले आफूले कुनै योजना बनाएर आर्ट नगर्ने बताए । उनले भने–‘जतिबेला मन परो त्यत्ति बेला आर्ट गर्न बस्छु उनले थपे–‘अन प्लान ड्रोइङ बनाउछु । यति नै बेला आर्ट बनाउछु भन्ने समय छुट्याएको छैन ।’
उमेरले नौ वर्षका नैतृक आर्ट गर्ने थिम भने गुगललाई सहयोगीका रुपमा लिन्छन् रे, अनि कहिलेकाँही इमाजिनेसनबाट आर्ट गर्छन् रे । गुगल थिम र इमाजिनेसन दुई मध्ये कुनबाट सहज हुन्छ ? भन्ने जिज्ञासामा उनले भने–‘दुवै बराबर सजिलो लाग्छ ।’
बिर्तामोड–४ स्थित ग्रिनउड स्कुलबाट अध्ययन शुरु गरेका नैतृकले कार्टुनमा कक्षागत प्रतिष्पर्धादेखि भारतको बम्बैमा भएको अन्तरराष्ट्रिय प्रतिष्पर्धामा समेत भाग मात्र लिएनन् उपाधी समेत हात पारे । उक्त नेपाल र भारतका बालबालिका सहभागी उक्त प्रतिष्पर्धामा नैतृक तेस्रो भएसंगै आर्टप्रतिको उत्साह र लगाव अझ बढेर गयो । ‘सूर्यम आर्ट कम्पिटिसन’ मा थर्ड भएँ, अष्ट्रेलिया र फ्रान्समा हुने कम्पिटिसनमा पनि पठाएको थियो, त्यहाँ चै रेस्पन्स आको छैन ।’ सन् २०२१ को नभेम्बर २१ र २२ मा भारतको बम्बैमा ‘सूर्यम आर्ट कम्पिटिसनले आयोजना गरेको इन्टरनेसनल चाइल्ड ड्रोइङ एण्ड पेन्टिङ एक्जिविसनमा कोभिडका कारण अनलाइनको माध्यमबाट उक्त कम्पिटिसनमा भाग लिएका थिए । कोभिडकै कारण उपाधी ग्रहण गर्न जान नसकेको बताए । प्रमाण पत्र भने अनलाईनको माध्यमबाट प्राप्त गरेका छन् ।
हँसिलो स्वभावका नैतृक आफ्नो पालिका र वडाको नेतृत्व को छ भन्नेबारेमा पनि जानकार छन् । पवित्रा महतारा मेयर हो, अनि वडाध्यक्ष चै राहुल शर्मा भन्ने । राजनीतिमा आफ्नो परिवारमा कसले के मा आस्था राख्छ त्यो बारेपनि हल्का जानकारी राखेका उनी भन्छन्–‘पार्टी त मन पर्दैन ।’
नर्मल पेन्सिलले आर्ट गर्दै आएका नैतृकलाई मामाले ल्याएदिएको स्केच बक्सले चित्र कोर्ने रहर अझ बढ्दै गएको छ । आर्ट गर्दा आफूले सामान्य पेन्सिल, कलर पेन, ओयल्स (Oil) पेस्टर प्रयोग गर्ने गरेका बताए ।
प्रकृति, जनावर, पंक्षी, मानिसका साथै भगवानका चित्र कोर्ने गरेको बताउँदै भने–‘यही मात्र बनाउँछु भन्ने छैन, ड्रोइङ गर्ने रुटिन पनि छैन, पढीसकेपछि एकछिन खेल्छु, अनि ड्रोइङ गर्छु, स्कूल जाने रुटिङ भएपनि ड्रोइङका लागि समयको रुटिङ बनाएको छैन, अब बनाउनु पर्नेछ ।
नेपालका समाचार च्यानल भन्दा इन्डियन च्यानलहरु हेर्ने गरेको बताए । उनले भने–‘नेपाली च्यानलमा भन्दा इन्डियन च्यानलको न्यूज इन्ट्रेष्टिङ हुन्छ, इन्टरनेसनल इम्फरमेसन दिन्छ ।’
धेरैको चाहना हुन्छ सन्तानले आफ्नो बिंडो थामोस् । अभिभावकको यो स्वाभाविक बिंडो थाम्न कतिले सक्छन् त कतिले सक्दैनन् । नैतृकका बाबा पंकज राजवंशी राम्रो आर्ट गर्छन् । राम्रो पारिवारिक पृष्ठभूमिमा जन्मि हुर्किएका पंकज अहिले पढाईलाई एउटा विन्दुमा पुर्याएर नेपालदेखि अन्तराष्ट्रियसम्मको जागिरे अनुभव संगालेका छन् । जागिरे जीवनमा कमाई राम्रै भएपनि ठूलो व्यापार व्यवसायमा रहेका बुबा भुपेन्द्रलाई उमेर ढल्किंदै जाँदा पालो दिएका छन् । अर्थात भनौ बुबाको व्यापार–व्यवसायमा सक्रिय छन् ।
प्रस्तुती:R.R.