भद्रपुर। आज राष्ट्रिय धान दिवस । दिवसका अवसरमा देशका विभिन्न ठाउँमा रोपाई गरेर दिवस मनाइएको छ । भारी बर्षातका कारण तराईका कतिपय जिल्लाहरुमा रोपाइँ गर्न कठिन देखिएपनि संभव भएसम्म रोपाई गरेर धान दिवस मनाइएको छ ।
सोही अनुसार झापाको भद्रपुर नगरपालिकाका प्रमुख, उपप्रमुखले धान रोपेर धान दिवस मनाएका छन् । कृषि शाखा भद्रपुरको संयोजनमा भद्रपुर २ स्थित कमलधाप क्षेत्रमा रहेको मार्गदर्शक महिला कृषि सहकारीको आयोजनामा भएको कार्यक्रममा नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, भद्रपुर २ का वडाध्यक्ष रामबहादुर कँडेल, वडा सदस्य द्रोणप्रसाद कोइराला लगायत जनप्रतिनिधिहरूले धान रोप्दै धान रोपाई महोत्सव मनाएका हुन् ।
सोही अवसरमा हिले दौड समेत सम्पन्न गरिएको थियो । रोपाई गर्न संभव नभएका ठाउँमा पनि आजको दिन दहि, चिउरा, केरा, आँप, कटहर जस्ता फलफुल खाएर असार १५ अर्थात धान दिवस मनाएका छन् ।
भद्रपुरका प्रमुख उपप्रमुखले धान दिवसमा रोपे धान

































































































