Homeसमाचारविपद्, बुधबारे हटिया, चिया तथा सन्थालका समस्या र स्थानीय निर्वाचनबारे छलफल

विपद्, बुधबारे हटिया, चिया तथा सन्थालका समस्या र स्थानीय निर्वाचनबारे छलफल

बिर्तामोड ११ असार । झापाका मुख्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले रेलवे प्रभावितहरुको मुआब्जा, कृषकका लागि मलखाद् लगायतका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
शनिबार बिर्तामोडमा सम्पन्न दलहरुको वैठकमा जिल्लाका समसामयिक विविध विषयमा छलफल भएको थियो । कृषकका लागि मल अभाव, विपद्को पूर्व तयारी, रेलवे प्रभावितहरुका समस्या, बिर्तामोडको बुधबारे हटियाको समस्या, चिया क्षेत्रका समग्र समस्या, सन्थाल समुदायको पहिचान र अस्तित्वको सवालका बारेमा वैठकमा छलफल भएको थियो ।
दलहरुले झापामा स्थानीय तहको निर्वाचनको समीक्षा समेत गरेका छन् । निर्वाचन मितव्ययी हुनुपर्नेमा नेताहरुको जोड थियो । दलका नेताहरुले जिल्लामा तत्काल देखिएका समस्याहरु सम्वोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेस झापाका सभापति देउमान थेवे, नेकपा एमाले झापा प्रतिनिधि छबिलाल विश्वकर्मा, नेकपा माओबादी केन्द्र झापाका संयोजक राजु आचार्य अग्नि, नेकपा एकीकृत समाजवादी झापाका अध्यक्ष बेदराज रेग्मी ,जनता समाजवादी पार्टी झापाका अध्यक्ष दिपेन वाला राई, लोकतान्त्रिक समाजवादी पार्टी झापाका अध्यक्ष अनुतसिंह राजवंशी, राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष केशवप्रसाद ओझा र नेकपा मालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री खगेन्द्र प्रसाईले उक्त समस्याबारे सरकारको ध्यानाकर्षण गराउँदै तत्काल सम्बोधन गर्न माग गरे ।
संवाद समूहको संयोजनमा भएको बैठकमा दलहरुले सबैको सहयोगबाट स्थानीय तहको निर्वाचन झापामा शान्तिपूर्ण, मर्यादित, व्यवस्थितरुपमा सम्पन्न भएको निष्कर्षसहित निर्वाचनलाई सफल बनाउन योगदान गर्ने सबैमा धन्यवाद दिएका छन् । सबै जनप्रतिनिधिहरुलाई बधाई दिदैं दलहरुले सहमति र सहकार्य तथा जनभावना अनुसार अग्रसर भई स्थानीय सरकारलाई सुशासनयुक्त बनाउन आग्रह गरेका छन् ।
कृषकका लागि तत्काल आवश्यक मलखादको व्यवस्था गर्न दलहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । साथै आवश्यक मल बीउ लगायतका कृषिजन्य सामग्रीको समयमै भण्डारण र वितरणको सहज व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ ।
वर्षाद्का कारण झापामा बाढी, डुबान र कटानबाट क्षति सुरु भएको विषयप्रति गम्भीर हुँदै दलहरुले विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनामा जुटनका लागि जिल्ला विपद् व्यवस्थापन समिति, सबै स्थानीय तह, नेपाल रेडकस सोसाइटी झापा एवं जिल्लास्थित सबै सरोकारवालाहरुलाई अपिल गरेका छन् ।
त्यस्तै प्रस्तावित पूर्व पश्चिम बिद्युतीय रेलमार्ग अन्तरगत काकरभिट्टा—इनरुवा खण्डको १०६।७५ किलोमिटर क्षेत्रमा पर्ने रेलवे प्रभावितका समस्या तत्काल सम्वोधन गर्न दलहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । वैठकमा प्रभावितहरुका तर्फबाट रेलवे प्रभावित मुआब्जा समन्वय समिति प्रदेश १ का संयोजक डा। लक्ष्मीप्रसाद मैनाली र महासचिव रञ्जित प्रसाईंले पीडितहरुका तर्फबाट हालै प्रधानमन्त्रीसहित विभिन्न निकायमा गएर समस्या समाधानका लागि ज्ञापन पत्र बुझाएको र प्रगतिबारे दलहरुलाई जानकारी गराएका थिए ।
बिर्तामोड बुधबारे हटियाको सार्वजनिक जग्गा र त्यहाँका व्यवसायीका विषयमा उत्पन्न समस्या तत्काल समाधान गर्न दलहरुले बिर्तामोड नगरपालिका लाई आग्रह गरेका छन् ।
त्यस्तै चिया क्षेत्रका समग्र समस्याको दीगो समाधानका लागि आवश्यक नीति निर्माण गरी प्रदेश १ लाई चिया विषेश क्षेत्र घोषणा गर्दै चियालाई कृषि, पर्यटन, उद्योग मार्फत अन्तर्राष्ट्रिय क्षेत्रसम्म जोड्न प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ ।
सन्थाल÷सन्थाल समुदायको भावनामा ठेस पुग्ने ‘सतार’ शब्द सरकारी रेकर्ड तथा सबै दस्तावेज र चलनचल्तीबाट हटाई त्यसको सट्टा सन्थाल÷सन्ताल लेख्ने व्यवस्था मिलाउन पनि दलहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविपद्, बुधबारे हटिया, चिया तथा सन्थालका समस्या र स्थानीय निर्वाचनबारे छलफल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img