HomeFeatured 2बिर्तामोडको प्रस्तावित बजेट १ अर्ब ३८ करोड ३५ लाख ४ हजार बढी

बिर्तामोडको प्रस्तावित बजेट १ अर्ब ३८ करोड ३५ लाख ४ हजार बढी

बिर्तामोड १० असार । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० (सामाजिक सुरक्षाको बजेट समेत)को बजेट प्रस्तुत गरेको छ ।
नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा शुक्रबार नगरपालिकाको हलमा आयोजित दोश्रो नगरसभाको पहिलो अधिवेशनमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बजेट प्रस्ताव गर्नु भएको हो ।
प्रस्तावित बजेटमा आयतर्फ संघीय समानीकरण अनुदानबाट २३ करोड ६० लाख, संघीय सरकार राजश्व बाँडफाँडबाट १३ करोड ४३ लाख ९८ हजार, प्रदेश समानीकरण अनुदानबाट १ करोड ३३ लाख ७२ हजार, प्रदेश राजश्व बाँडफाँडबाट १ करोड १७ लाख ११ हजार ४९०, नगरको आन्तरिक आयबाट १५ करोड र मालपोत रजिष्ट्रेशन शुल्कबाट ११ करोड गरी जम्मा ६५ करोड ५४ लाख ८१ हजार ४ सय नब्बे प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरी संघीय शसर्त अनुदान चालुतर्फ २६ करोड ७१ लाख तथा पूँजीगत तर्फ १७ करोड १८ लाख, बिशेष अनुदान २ करोड र समपूरक अनुदान १ करोड ३० लाख तथा प्रदेश सशर्त अनुदान ६१ लाख २३ हजार,समपूरक अनुदान १ करोड बजेट प्राप्त हुने र सोही बमोजिम विनियोजन हुने प्रस्तावमा उल्लेख छ ।
चालु खर्चतर्फ प्रशासनिक खर्च, कृषि, पशुविकास, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा दिइने अनुदान, क्षमता विकास, सीप विकास तालिमहरु तथा लक्षित वर्ग, पूँजीगततर्फ बहुबर्षे तथा क्रमागत योजनाहरुको निरन्तरता, शिक्षा, कृषि, पशुविकास तथा स्वास्थ्यका पूर्वाधारजन्य योजना तथा कार्यक्रम, सडक सुधार तथा हेभी इक्युपमेन्ट सञ्चालन,मर्मत सम्भार कोष, विपन्न आवास निर्माण कार्यक्रम, वडास्तरीय योजना तथा कार्यक्रमहरु,स्वास्थ्य केन्द्र तथा वडा कार्यालयहरुको भवन घेराबारा तथा मर्मत,फोहोर मैला व्यवस्थापन, सूचना प्रविधि व्यवस्थापन जस्ता योजना तथा कार्यक्रमहरुमा विनियोजन हुने गरि बजेट प्रस्ताव गरिएको उपप्रमुख संग्रौलाले बताउनु भयो ।
चालु आर्थिक वर्ष २०७८/०७९ को कुल वार्षिक बजेट १ अर्ब ४० करोड ४७ लाख ४२ हजार बजेट प्रस्ताव गरिएको थियो । जस अनुसार आर्थिक वर्ष ०७८/०७९ को बैशाख मसान्तसम्मको आय तर्फ ७९ करोड ३४ लाख ३५ हजार तथा व्यय मध्ये चालु तर्फ ३३ करोड ४० लाख ८५ हजार र पुजीगत तर्फ ३२ करोड ९८ लाख ३९ हजार गरी जम्मा ६६ करोड ३९ लाख २५ हजार व्यय भएको आय–व्यय विवरण समेत प्रस्तुत गरीएको छ ।
नगरसभामा विधेयक समिति संयोजक तथा कार्यपालिका सदस्य शर्मिला राजवंशीले सहकारी विधेयक, नगरशिक्षा विधेयक र कर तथा गैरकर राजश्व सम्बन्धि विधेयक पेश गर्नु भएको छ । उक्त विधेयक माथि असार २२ गते बस्ने सभामा छलफल गर्ने नगरप्रमुख प्रसाईले जानकारी दिनुभयो ।
अधिवेशनमा नगरप्रुमख प्रसाईले आगामी आव २०७९/०८० को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो । नगरले यस वर्षको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पर्यटन, वन वातावरण तथा विपद् व्यवस्थापन, कृषि पशुपालन, पशुपंछि, उद्योग, व्यापार, व्यवसाय, श्रम तथा रोजगार, सहकारी, यातायात तथा पुर्वाधार निर्माण,युवा तथा खेलकुद, कला, साहित्य, भाषा, धर्म, संगीत, संस्कृति, सभ्यता, सामाजिक सुरक्षा, लक्षित समुह, विज्ञान प्रविधि, सूचना सञ्चार, सुशासन, राजश्व तथा वित्तिय श्रोत परिचालन लगायत विविध बिषय समावेश गरेको छ ।
अधिवेशनमा प्रदेश सांसद एकराज कार्की र जसमाया गजमेरको आतिथ्यता रहेको थियो । ‘उद्योग, व्यापार, कृषि, शिक्षा,स्वास्थ्य र रोजगारमा अभिबृद्धि’ बिर्तामोड नगरको विकास र सुशासन सहितको सम्बृद्धि’ भन्ने नारा अघि सारेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बिर्तामोडको प्रस्तावित बजेट १ अर्ब ३८ करोड ३५ लाख ४ हजार बढी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img